अज्ञात समूहले गोली हानी सासू-बूहारीको हत्या

  ०७३ चैत ५ गते

मोरङ कटहरी-१ स्थित आदर्श टोलकी ४५ वर्षीया दीपा निरौला (डाँगा) र उनकी बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को गोली हानी हत्या गरेको अवस्थामा चैत ४ गते साँझ शव फेला परेको छ ।

छिमेकी तथा घर अगाडीको पसलमा क्यारामबोर्ड खेल्नेहरुले समेत हत्या भएको र लुटपाट भएको थाहा नपाउनुले घटना थप रहस्यमय बनेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीले घटना शङ्कास्पद देखिएकोले गहिराइमा अनुसन्धान गर्नका लागि मृतकको शवलाई कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम नगरी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए ।


इन्दिरा भट्टराई