अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

  ०७५ जेठ २२ गते

सिञ्जा गाउँपालिका-६ स्थित वडा कार्यालयमा अज्ञात समूहद्वारा जेठ २० गते राति तोडफोड गरेको छ ।

कार्यालय तोडफोड गरी कार्यालयमा रहेको विभिन्न योजनाको निर्णय फाईल समेत च्यातिएको र कार्यालयको झ्याल र ढोका तोडफोड गरेको प्रमुख प्रशाकीय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने-'यस विषयमा प्रहरी चौकीमासमेत उजुरी गरिएको छ ।'

सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलका अनुसार वडा कार्यालय तोडफोडका विषयमा अनुसन्धान भइरहेको छ । घटनामा संलग्न व्यक्तिको छानविन गरी कारवाहीको दायरामा ल्याउने उनले बताए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराए पनि सुरक्षाकर्मी सङ्ख्या न्यून भएकोले समस्या समाधान हुन नसकेको उनले बताए ।


मानदत्त रावल