अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

  ०७४ भदौ २३ गते

धनुषाधाम नगरपालिकाको मेयर उम्मेदवारको घरमा भदौ २२ गते साँझ बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदकी उम्मेदवार प्रेक्षा मल्लको घरको कम्पाउण्डमा अज्ञात समूहबाट बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रविन धितालले बताए ।

विष्फोटबाट कुनै मानवीय क्षति नभएपनि कम्पाउण्डमा सामान्य क्षति भएको डिएसपी धितालले जानकारी दिए । चुनावलाई लक्षित गरी आतङ्कित बनाउन उक्त विष्फोट गराइएको हुन सक्ने प्रहरीले जनाएको छ ।

उक्त बम कसले र किन विष्फोट गरेको हो नखुले पनि प्रहरीले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि शङ्क गरेको छ ।


विनोदकुमार रविदास