अज्ञात समूहद्वारा क्रसर उद्योग र स्काभेटरमा आगजानी

  ०७४ फागुन १ गते

अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ ।

धनकुटादेखि भोजपुर सदरमुकाम जोडने नारदमुनी थुलुङ राजमार्ग कालोपत्रेका लागि स्थापना गरिएको क्रसर उद्योग र उद्योगमा रहेको स्काभेटरमा आगजानी भएको हो । आगजानीबाट उद्योग र स्काभेटर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

घटनालगत्तै प्रहरी चौकी जरायोटारको प्रहरी टोली खटिएको र आगजानी गर्ने समूह फेला पर्न नसकेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

त्यसैगरी माघ २९ गते पौवादुङमा गाउँपालिका-७ तिवारीभञ्ज्याङमा कन्काई निर्माण कम्पनीको स्काभेटरमा आगजानी गभएको छ । घटना लगतै प्रहरी पुगेकाले ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन ।

दुवै घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएकाहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


किरण राई