अज्ञात समुहद्वारा एनसेल टावरमा विष्फोट

  ०७६ माघ १६ गते

लालबन्दी नपा–१६ परवानीपुर अवस्थित एनसेल टावरमा माघ १३ गते अज्ञात समूहले विष्फोट गरेको छ । तारको घेरा भित्र रहेको उक्त टावरको सुरक्षा गार्ड नभएको मौका पारेर बिहान अज्ञात समूहले गराएको विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणी पोखरेलले जानकारी गराउनु भएको छ ।

photo20190130sarlahi
ठूलो आवाज सहित विष्फोट भएपछि गाउँलेहरुले अस्थाई ईलाका प्रहरी कार्यालय परवानीपुरमा खबर गराएका थिए । तत्काल सुरक्षा निकायका प्रमुखहरु सहितको टोली घटनास्थल पुगेर निरीक्षण गरी विष्फोट गराउने मानिसहरुको खोजी कार्य गर्न प्रहरी परिचालन गरि सकिएको एसपी पोखरेलले जानकारी गराउनु भयो ।

विष्फोट पछि त्यस क्षेत्रमा एनसेलको सम्पुर्ण सञ्चार सेवाहरू बन्द भएका छन् ।


बुधन साह