अज्ञात रोगका कारण आठ जनाको मृत्यु, १२ जनाभन्दा बढी बिरामी
अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी बिरामी परेका छन् ।
बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै आएको छ । रोगबाट ताँजाकोट गाउँपालिका मैला, मदानलगायतका गाउँमा दर्जनौँ बिरामी परेको सो गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए ।
सुरूमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको अध्यक्ष मल्लको भनाई छ ।
ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारणले उपचारमा समस्या हुँदै आएको स्थानीय नन्दलाल शर्माले बताए ।
एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिएपछि मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका–१ का ७० वर्षीया कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् ।
त्यस्तै सोही गाउँपालिका–२ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेस्रा सुनार, वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।
स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी स्वाथ्य चौकीमा नबसेकै कारणले गाउँमा बिरामीको सङ्ख्या बढेको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए । मृत्यु हुने सबैको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको उनको भनाइ छ ।
घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।
औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
नन्द सिंह
संबंधित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।…
कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो…
शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग…
यूपिआरका सम्बन्धमा गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले…
छाउपडी गोठमा मृत्यु भएकी पार्वतीका जेठाजु गिरफ्तार
छाउपडी गोठमा मृत्यु भएकी साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजु २५ वर्षीय छत्र रावतलाई मङसिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतकका पक्षबाट जाहेरी नआएपनि प्रहरी प्रतिवेदनका…