अज्ञात पक्षबाट १७ वर्षीय बालकको हत्या

  ०७६ भदौ २९ गते

एकडारा गाँउपालिका–२ का १७ वर्षीय विकेश बैठाको शव हत्या गरिएको अवस्थामा भदौ २८ गते फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनास्थलमा शवको प्रकृति हेर्दा बालकलाई घाँटी थिची हत्या गरिएको हुन सक्ने जस्तो देखिएको छ ।

 

घाँटी थिचिएको, टाउकोमा चोट लागेको र शरीरको अन्य अङ्गमा चोटपटक लागेको अवस्थामा बालकको शव फेला परेकाले उनलाई कर्तव्य गरी हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर, कसले र किन हत्या गरेको हो खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले घटनाबारे अनुसन्धान थालिएको र प्रकृति मुचुल्का पश्चात शवको पोस्टमार्टम गर्न जलेश्वरस्थित जिल्ला अस्पतालमा लगिएको बताए ।


अजयकुमार साह