अज्ञात पक्षबाट स्काभेटरमा आगजानी

  ०७६ असार ६ गते

मिक्लाजुङ गाउँपालिका–७ मा बा ३ ख ५६६ नं. को स्काभेटरमा अज्ञात पक्षबाट असार ४ गते राति आगजानी भएको छ ।

राँके रवि भेडेटार पक्की सडक आयोजनामा निर्माण कार्य गरिरहेको ज्वाला निर्माण सेवाको स्काभेटर राति पार्किङमा राखिएको अवस्थामा आगजानी भएको स्थानीयले बताए ।

आगजानी गरिएको स्काभेटर नजिकै ‘यहाँ टाइम बम राखिएको छ । होसियार !’ लेखिएको कागज समेत भेटिएको स्थानीयले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।


मङ्गल बेघा