अज्ञात पक्षबाट संयुक्त वडा कार्यालयमा बम विष्फोट

  ०७६ साउन २७ गते

विर्तामोड नगरपालिका-७, ८ र ९ को संयुक्त वडा कार्यालयमा साउन २७ गते बिहान ४ बजे अज्ञात पक्षले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गरामनीस्थित एक भवनमा रहेको तीन ओटै वडाको कार्यालय परिसरमा बम विष्फोट भएको झापाका एसपी दिनेशराज मैनालीले बताए ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको र घटनाका विषयमा अनुसन्धान थालिएको एसपी मैनालीको भनाई छ ।


नरेश खाती