अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

  ०७६ असोज ३ गते

जगन्नाथ गाउँपालिका–३ मोहतीस्थित वडा कार्यालयमा असोज १ गते अज्ञात पक्षले आगजनी गरेको छ ।

राति करिब साढे ११ बजे तिर अज्ञात पक्षले वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजपत्रहरू जलाएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले बताएका छन् ।

स्थानीय धुव्रबहादुर शाहीको घरमा भाडामा रहेको वडा कार्यालयका झ्याल ढोका फोरेर कागजपत्रहरू बाहिर निकालेर जलाएको प्रहरीले जनाएको छ ।

गाउँमा मेला लागेकाले सबै घरका सदस्यहरू पनि मेला हेर्न गएको मौका छोपी आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

आगजनी पछि कागजपत्रहरू जलेका छन् भने कम्प्युटर लगायतका इलेक्टोनिक सामान समेत नष्ट भएका छन् ।

हाल अस्थायी प्रहरी पोष्ट जुड्डीबाट घटनास्थलतर्फ थप घटनाको अनुसन्धानको लागि प्रहरी पठाइएको डिएसपी भाटले बताए

सो स्थानमा टेलिफोन सेवा समेत नहुँदा सुरक्षा निकाय र अन्य ठाउँमा समयमै खबर गर्न नसकिएको प्रहरीले बताएको छ


पदमबहादुर सिंह