अज्ञात पक्षबाट बम विष्फोट

अज्ञात समूहले रामग्राम नपा–२ स्थित वन कार्यालयको गेट नजिक फागुन ३० गते बम विष्फोट गराएको छ ।

विष्फोटबाट क्षति नभएपनि स्थानीयबासीमा त्रास सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले घटना कसले गराएको भन्ने नखुले पनि नेकपाको बन्दको समयमा घटना भएकाले उक्त समूहले बम विष्फोट गराएको आशङ्का गरिएको बताए ।


नारायण पराजुली