अज्ञात पक्षबाट नगरपालिकाको कार्यालयमा बम विष्फोट

  ०७६ असार १० गते

गौरीगङ्गा नगरपालिकाको कार्यालय परिसरभित्र असार १० गते बिहान ४ बजे अज्ञात पक्षले बम विष्फोट गरेको प्रहरीले जनाएको छ ।
एक जना अपरिचित व्यक्तिले असार १० गते बिहान १ बजे छोझामा राखिएको शङ्कास्पद बस्तु नगरपालिका कार्यालय परिसरमा फालेर भागेपछि सुरक्षा गार्डले प्रहरीलाई जनाकारी गराएको थियो ।

बम डिष्पोजल टोली घटनास्थाल पुग्नु अगावै बम विष्फोट भएको चौमाला प्रहरी चौकीका सई बिदुर चन्दले बताए ।

विष्फोटबाट मानवीय र भौतिक क्षति नभएको र घटनामा संलग्न पक्षको खोजी कार्यका लागि सुरक्षा गस्ती बढाएको सई चन्दले जानकारी दिए ।


मैनामोती चौधरी