अज्ञात पक्षबाट गाउँपालिका कार्यालयमा आगजनी

  ०७६ माघ ८ गते

डिलाशैनी गाउँपालिकाको कार्यालयमा अज्ञात पक्षले माघ ८ गते बिहान आगजनी गरेको छ ।

डिलाशैनी गाउँपालिकाका–३ पंसेरास्थित सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियो गाडीमा र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष सुरेन्द्र पालको से १ च ४५९ नम्बरको जेसिबिमा पनि आजगनी भएको प्रहरीले जनायो ।

डिलाशैनी गाउँपालिका– ३ पंसेरामा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको प्रहरीले  जनायो ।

आगजनी र बम कसले र किन राखेको हो भन्ने बारेमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय,बैतडीका डिएसपी पाण्डेयले बताउनु भयो ।

बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म, बैतडीको नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गएको र घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली पनि घटनास्थलतर्फ पाठाएको डिएसपी पाण्डेयले  बताउनु भयो ।

डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखि बिवाद हुँदै आएको थियो । राज्य पुनसंरचना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ ।

 


नरी बडु