अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

  ०७६ भदौ २९ गते

शिद्द कुमाख गाउँपालिकाको गाडीमा भदौ २८ गते राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरिराखेको अवस्थामा राति साढे ११ बजे उक्त गाडीमा आगजनी भएको स्थानीयले  बताएका छन् ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मुल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।

गाडी पुर्ण रूपमा क्षति भएको स्थानीय शिक्षक धर्मराज घर्तीले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले घटनास्थल पुगेर मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे अनुसन्धान सरू गरेको बताए ।


मिना बुढाथोकी