अज्ञात पक्षबाट गाउँपालिका अध्यक्षको कार्य कक्षमा आगजनी

  ०७६ भदौ १८ गते

बरियारपट्टी गाउँपालिका–३ स्थित गाउँपालिकाको भवनमा गाउँपालिका अध्यक्षको कार्यकक्षमा अज्ञात पक्षले भदौ १७ गते राति आगजनी गरेको छ ।

 

आगजनीबाट कार्यकक्षमा रहेका टेबुल, कुर्सी र सोफालगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । झ्यालको चुकुल खोली पेट्रोल छर्केर आगजनी गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले बताए ।

 

घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले बताए । शङ्कास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि उनले बताए ।


दुर्गा परियार