अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

  ०७५ फागुन २२ गते

गङ्गादेव गाउँपालिकाको भे १ ज २७८५ नम्बरको गाडीमा फागुन २१ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।

फागुन २१ गते देखि सुरू भएको स्थानीय मेलाको उद्घाटन गरी बास बसेका गङ्गादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले सोही गापा–४ को वडा कार्यालय म्वालेखोलामा पार्किङ गरिराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी दिपक खड्काले बताए ।

यसैगरी त्रिवेणी गाउँपालिकाको कार्यालय र गाडीमा समेत फागुन २१ गते अज्ञात पक्षले तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहार गर्दा गाडी झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।


माधवकुमार ओली