अज्ञात पक्षबाट एनसेल कम्पनीको टावरमा आगजनी
शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा ११ गते बिहान अज्ञात पक्षले आगजनी गरेको छ ।
टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारीका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताए ।
‘आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।’–उनले भने–‘एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो ।’
टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेकाले कारवाही गर्नु परेको लेखेको पर्चा प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजी कार्य भइरहेको जनाएको छ । उक्त पर्चा कसको हो भन्ने नखुलेको पनि प्रहरीले जनाएको छ ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…