अज्ञात पक्षबाट एनसेलको टावरमा आगजनी

  ०७६ साउन १७ गते

नेपालगञ्ज उप–महानगरपालिका–२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ कम्दीमा रहेको एनसेलको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर वलीका अनुसार आगजनीबाट ठूलो क्षति भएको छैन । एसपी वलीले घटना नेत्रविक्रम चन्द विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले गरेको हुन सक्ने आशङ्का रहेको बताए । उनले घटनाको अनुसन्ंधान भइरहेको तथा घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको बताए ।


स्मृति देवकोटा