अज्ञात पक्षबाट एक व्यक्तिको हत्या

  ०७६ मङ्सिर १४ गते

बुद्धभुमि नपा–२ गोरूसिंहे निवासी ५५ वर्षीय धनराज पौडेललाई अज्ञातपक्षबाट धारिलो हतियार प्रहार गरी मङ्सिर १३ गते साँझ हत्या गरेको प्रहरीले जनाएको छ ।

घरमा १ सय ५ वर्षीय बुबा तथा ९५ वर्षीया आमा आँखा नदेख्ने भएकोले बुबा आमाको हेरचारमा रहनुभएका पौडेलकी पत्नीसमेत घरमा नभएको मौका पारी अज्ञात पक्षबाट मङ्सिर १३ गते साँझ घरभित्रै हत्या गरेर कोठामा ताला लगाई छाडेकोमा स्थानीयले घरमा नदेखेपछि खोजविन गर्दा कोठामा धारिलो हतियार प्रयोग गरी टाउको तथा शरीरका विभिन्न अङ्गमा चोट र रक्ताम्य अवस्थामा शव फेला परेपछि इलाका प्रहरी कार्यालय गोरूसिंहेमा खबर गरेका थिए ।

प्रहरी इस्पेक्टर सुबास खड्काले साँझ ५ बजे प्रहरीले खबर पाए लगतै घटनास्थलमा पुगेको बताउँदै हत्या किन र कसले ग¥यो भन्ने बारे जानकारी नभएको र घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ ।

मृतक पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ । प्रहरीले सोधपुछका लागी बुहारी लक्ष्मी पौडेललाई इलाका प्रहरी कार्यालयको गिरफ्तार गरेको छ ।


पार्वती आचार्य