अज्ञात पक्षबाट एक महिलाको हत्या, दुई जना घाइते
महाकाली नगरपालिका–३ काटैमा अज्ञात पक्षबाट एक महिलाको हत्या भएको छ । जेठ ११ गते राति सोही ठाउँमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरालाई लठ्ठी प्रहार गरी हत्या गरेको हो । उनको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै उनका पति ७५ वर्षीय वीरभान महरा र १२ वर्षीय नाति लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सडक किनारामा वर्षौँदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्य अनुरूप घटना भएको देखिएको छ । महाकाली नगरपालिका–३ का वडाअध्यक्ष पदमसिंह महराले भने । हत्या कसले र किन ग¥यो भन्ने खुलेको छैन ।
खोला किनार नजिकै पसलमा कुटपिट गरी उनीहरूको हत्या गरिएको हो । घाइते लोकेन्द्रका अनुसार राति १२ बजे नकाब लगाएर आएको व्यक्तिले कुटपिट गरी बज्यैको हत्या गरेको हो ।
‘सुरूमा बाजेलाई हान्यो, त्यसपछि बज्यैलाई कुटपिट ग¥यो । मलाई पनि टाउकामा हान्यो ।’–उनले भने–‘म भागेर खोलामा गएपछि बाँच्न सफल भएँ ।’
गाउँ भन्दा टाढा पसल भएको कारण राति भएको घटना बिहान आठ बजे मात्रै जानकारी आएको स्थानीय पूजा महराले बताइन् । वीरभानको टाउको अनुहार र शरीरमा चोट छ ।
बिहान गाउँबाट मान्छे आउँदा वीरभान घाइते र द्रौपति मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
घाइते वीरभान र लोकेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरू दुवै जनाको उपचार भइरहेको छ ।
घटनामा परेका विरभान बोल्न सक्दैनन्, अवस्था जटिल रहेको स्वास्थ्यकर्मीले बताएका छन् । घटनाको दोषीको पहिचान हुन नसकेको निमित्त प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले बताए ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…