अज्ञात पक्षद्वारा विद्यालयमा आगजनी

  ०७७ असार ३० गते

दङ्गीशरण गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कौवाघारीमा अज्ञात पक्षले असार २९ गते  राती आगजनी गरेकोे  प्रहरीले जनाएको छ ।

विद्यालयका रजिष्टर, प्रमाणपत्र, कार्पेट, ७० थान कुशन जलाएको तथा पङ्खा, माइक्रोफोन तोडफोड गर्नुको साथै स्यानीटाइजर समेत लगेको र १ लाख रुपियाँ बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण देवकोटाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । देवकोटाका अनुसार विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण भइरहेको र सोही हलमा राखिएका पाठ्यपुस्तकमा पनि सामान्य क्षति पुगेको छ ।

स्थानीयले  धुवाँ आइरहेको देखेपछि आगो नियन्त्रणमा लिएको र थप क्षति हुनबाट जोगिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर भण्डारीले बताउनु भयो ।

अध्यक्ष भण्डारीले  असार ३० गते प्रहरी चौकी मधपुरमा उजुरी दिनु भएको छ  । घटनाको अनुसन्धान भइरहेको प्रहरी चौकी मधपुरका असइ टिकाप्रसाद महतराले बताउनु भयो ।


जयनारायण पुन