अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित
अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा प्रभावित भएको छ ।
१ सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयमा असार १४ गते अज्ञात पक्षले तोडफोड गरेको थियो ।
सदरमुकाम सिमकोटबाट आठ कोश टाढा रहेको सो विद्यालयमा अज्ञात पक्षले तोडफोड गर्नुका साथै विद्यार्थीले पढ्ने कम्प्युटर लगेपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए ।
विद्यालयको ढोका, झ्याल, टेबुल, बेञ्चसमेत तोडफोड गर्नुका साथै विद्यालयमा रहेका पाँचओटा कम्प्युटर लगेपछि विद्यार्थीलाई बसेर पढ्न समेत समस्या भएको प्रधानाध्यापक शाहीले बताए ।
विद्यालयको कम्प्युटर लगेपछि अर्धवार्षिक र वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिनलाई समस्या हुने प्रधानाध्यापक शाहीको भनाई छ ।
गाउँबाट टाढा रहेको विद्यालयमा भएको घटनाका बारेमा स्थानीय याङचु प्रहरी चौकीलाई जानकारी घटना लगत्तै जानकारी गराए पनि हालसम्म संलग्न पक्षका बारेमा पत्ता लाग्न नसकेको चौकीका असई झकबहादुर धामीले बताए ।
नन्द सिंह
संबंधित समाचारहरू
बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते
क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका ३० वर्षीय छोरा आनन्द साहको…
घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार
गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५…
अस्पतालमा नवजात शिशु सघन कक्ष नहुँदा समस्या
पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ । १५ शैया क्षमता रहेको पर्वत जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै नवजात शिशुका लागि…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–२७ घर भएका नेकपाका स्याङजा जिल्ला इञ्चार्ज…
वैकल्पिक विद्युत नहुँदा बर्थिङ सेन्टरमा प्रसूति गराउन मुस्किल
अहिले जिल्लामा बर्थिङ सेन्टर धमाधम स्थापना भएका छन् । तर, बर्थिङ सेन्टरमा विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण प्रसूति गराउन समस्या पर्ने गरेको छ । मालिका गाउँपालिकाका आठ ओटै वडाका स्वास्थ्य…