अज्ञात पक्षद्वारा सामुदायिक वन कार्यालयमा आगजनी

  ०७७ साउन १७ गते

तुलसीपुर उपमनपा–७ मा स्थित धारापानी सामुदायिक वन समूहको कार्यालयमा अज्ञात पक्षले साउन १७ गते आगजनी गरेको प्रहरीले जनाएको छ ।

बिहान करिब ६ बजेतिर कार्यालयमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय,तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । डिएसपी सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

आगजनीबाट दराजमा राखिएका वन समूहका सम्पूर्ण कागजपत्र नष्ट भएको  वन समूहकी अध्यक्ष नन्दा जिसीले जानकारी दिनुभयो ।


जयनारायण पुन