अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

  ०७५ असार १७ गते

सितगङ्गा नगरपालिका-९ को वडा कार्यालयमा असार १६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट वडा कार्यालयका सम्पूर्ण कागजजात नष्ट भएका छन् । अर्घाखाँची जिल्लाको दुर्गम क्षेत्र मानिने र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको प्रभाव क्षेत्र भएकाले सो पार्टीका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीपकुमार डिसीले जानकारी दिए ।


नारायण भुसाल