अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

  ०७६ भदौ २७ गते

भीमदत्त नगरपालिका–१९ बाँगफाँटास्थित वडा कार्यालयमा भदौ २६ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगजनीबाट कार्यालय भित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

अज्ञात पक्षले वडा कार्यालयको ताल्चा तोडेर कार्यालय भित्र पेट्रोल छर्किएर आगजनी गरेको वडा अध्यक्ष दामोदर महराले बताए ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

photo20190913kanchanpur1


कोमलनिरनजन भाट