अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी
अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् ।
आगजनीबाट कार्यालयमा रहेका कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेशिन, सोलार प्यानल, कुर्सी, कार्पेटलगायत सम्पुर्ण सामान जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए ।
आगजनीको सूचना पाएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय, लुहामबाट इन्स्पेक्टर नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेर प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।
घटनापछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले घटनास्थलको अनुगमन गरेको र घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका, डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
प्रतिनिधिसभाको असार ४ गतेको बैठकमा सांसद टेकबहादुर बस्नेतले यससम्बन्धमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…