अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा साउन ७ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ ।
अज्ञात पक्षद्वारा गरिएको आगजनीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज–पत्रहरु जलेर नष्ट भएका छन् ।
कार्यालयको झ्यालको सिसा फुटाएर कार्यालय भित्र प्रवेश गरी अज्ञात पक्षद्वारा कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर धर्मेन्द्र रावलले आगजनीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य र घटनामा संलग्न पक्षको खोजी भइरहेको इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
कोमल निरन्जन भाट
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…