अज्ञात पक्षद्वारा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा आगजनी

  ०७७ पुस १४ गते

बेसीशहर नगरपालिका–३ स्थित धुपीचौरका सुर्यप्रसाद बराल र भोजप्रसाद बरालको एउटा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा अज्ञात पक्षले आगजनी गरेको छ ।

पार्किङ गरी राखेको ग८प ९३३५, ग५प २७४४ को मोटरसाइकल र ग१ख २४७२ नम्बर को माइक्रोबसमा पुस १३ गते राति करीब १ बजे आगो लागेको थियो ।

आगोका कारण मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ भने माइक्रोबसमा आंशिक  क्षति भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमबहादुर पुनले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले घटनास्थलमा दुई ओटा परालको टौवा समेत आगोका कारण जलेर नष्ट भएको जानकारी दिनुभयो ।

पीडितहरुले पुष १४ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाले बताउनुभयो ।


दलबहादुर मजाकोटी