अज्ञात पक्षद्वारा बसमा आगजनी

  ०७६ चैत ६ गते

तुलसीपुर उपमनपा–६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ७१८८ नम्वद्वबरको बसमा चैत ५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको बस धनी सुमन कार्कीले जानकारी बताउनु भयो । आगजनीबाट  १५ लाख रूपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडित पक्षले घटनाको अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा चैत ६ गते निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालयले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

बसपार्कमा पार्किङ गरि राखेको बसमा आगजनी भएपछि यातायात व्यवसायीहरू त्रसित बनेका छन् । त्रिसिद्देश्वरी राप्ती यातायात प्रालि तुलसीपुरले आगजनीमा सङ्लग्नको तत्काल पहिचान गरि कारवाहीको माग गरेको छ ।


जयनारायण पुन