अज्ञात पक्षद्वारा नेकपाका नेताको गाडीमा आगजनी

  ०७६ भदौ २५ गते

घोडाघोडी नगरपालिका-१ सुन्दरपुरमा सत्तारूढ नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको घरमा पार्किङ गरी राखिएको बा.९.च ६५९७ नम्बरको स्कार्पियो गाडीमा अज्ञात पक्षले आगजनी गरेको छ ।

घटनालगत्तै स्थानीयले थाहा पाएकाले राति नै आगो नियन्त्रणमा लिएका छन् । आगो कसले र किन लगाएको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

घटनामा संलग्न आरोपित व्यक्तिहरूको खोजी कार्य भइरहेको समेत डिएसपी बस्नेतले बताए ।


मैनामोती चौधरी