अज्ञात पक्षद्वारा गाउँपालिकाको मोटरसाइकलमा आगजनी

  ०७६ भदौ १७ गते

छत्रदेव गाउँपालिकाको लु. १ ब. १६८८ नम्बरको मोटर साइकलमा भदौ १७ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनी गरिएको उक्त मोटर साइकल छत्रदेव गाउँपालिका-७ का वडा अध्यक्ष शोभाखर पाण्डेले प्रयोग गर्दै आएका थिए ।

वडाध्यक्ष पाण्डेको घर नजिक पार्किङ गरेर राखेको अवस्थामा उक्त मोटरसाइकलमा आगजनी गरिएको हो । आगजनीबाट मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ ।

आगजनी घटनाको संलग्नका पहिचान नभएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेश सुवेदीले बताए ।


नारायण भुसाल