अज्ञात पक्षद्वारा कर्णाली प्रदेशसभा सदस्य सिंहको गाडीमा आगजनी
कर्णाली प्रदेशसभा सदस्य एवंम अर्थ तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा ०७७ पुस १६ गते राती आगजनी भएको छ ।
पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका सिंहको ‘कर्णाली प्रदेश ०२००१ झ ००४०’ नम्बरको गाडीमा आगो लगाउनेहरूको पहिचान नभएको डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो ।
‘माननीय सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरूको अनुगमन गर्न आएको र पुस १७ गते भेरी नपाको स्याली बजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा पार्किङ गरेको अवस्थामा गाडीमा आगो लगाएछन् ।’ डिएसपी श्रेष्ठले भन्नुभयो ।
घटनामा संलग्नहरूको खोजि भइरहेको प्रहरीको भनाई छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…