अज्ञात पक्षद्वारा  एनसेल टावरमा आगजनी

  ०७६ माघ १३ गते

बगनासकाली गाउँपालिका –९ चापपानीस्थित एनसेल टावरमा माघ १२ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरका साथै जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र जिसीले बताउनु भयो ।

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले मट्टीतेल  खन्याएर आगजनी गरेको हुन सक्ने एसपी जिसीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


यज्ञमूर्ति तिमिल्सिना