अज्ञात पक्षद्वरा नगरपालिकाको कार्यालयमा आगजनी

  ०७७ साउन ११ गते

बुढीगंगा नगरपालिकाको लेखा शाखामा साउन १० गते राति अज्ञात पक्ष द्वारा आगजनी गरिएको छ ।

अज्ञात पक्षले कार्यालयको झ्याल फोडी लेखा शाखामा प्रवेश गरी पेट्रोल छर्कीएर आगजनी गरी कागज–पत्र नष्ट गरिएको नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहले इन्सेक प्रतिनिधिसँगको फोनबाट बताउनु भयो ।

नगरपालिकाको कार्यालयमा अज्ञात पक्ष द्वारा आगजनी गरेको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पठाइएको र घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयक, बाजुराका डिएसपी दानबहादुर रोकायाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।


पदमबहादुर सिंह