माइन प्रतिवेदन

गृह पुष्ठ > माइन प्रतिवेदन

स्रोत: इन्सेक अनुगमन प्रणाली

सन् २००९ एक वर्षको समय अवधिमा इन्सेक सर्भिलेन्स प्रणालीका अनुसार जम्मा २४ वटा आफैं सक्रिय हुने विस्फोटन घटनाहरु (VAE) भए र यसका कारण ७० जना हताहत भए । यस्ता विष्फोटनका घटनाहरु विशेष गरेर (improvised explosive devices (IED), mines and explosive devices (EDs) जस्ता विष्फोटक पदार्थ विष्फोटनका कारण भएका थिए । जम्मा २४ वटा विष्फोटनका घटनामा १६ जना मारिएका थिए भने ५४ जना घाइते भएका थिए ।

अवधिः मार्च २००७
स्रोतः इन्सेक तथ्यांक संकलनप्रणाली (Active Surveillance)
मार्च महिनामा ३८ जनाप्रभावित भए जसमध्ये एकको मृत्यु भयो । मृत्यु हुने कालीकोटका थिए भने सोहीजिल्लाका अन्य एक घाइते भए । यसैगरी, प्युठानमा एक जना र रोल्पामा तीन जनाविस्फोटनमा घाइते भए । झापाको एकै घटनामा ३२ जना सर्वसाधारण घाइते हुनुका साथै एकप्रहरीले आफ्ना दुवै हात गुमाएका छन् ।
अवधिः जनवरी/फेब्रुअरी २००७
स्रोतः इन्सेक अनुगमन प्रणाली (Active Surveillance)
प्रकाशन मितिः-वैशाख५गते
• जनवरी, २००७ मा ३ वटा विस्फोटनको घटना रेकर्ड गरिएको थियो जसमा ६ जनासर्वसाधारण हताहत भएका थिए ।
• फेब्रुअरी, २००७ मा २ वटा विस्फोटनको घटना रेकर्ड गरिएको थियो जसमा २ जनासर्वसाधारण हताहत भएका थिए ।
• जनवरी २००६ देखि फेब्रुअरी २००७ सम्ममा नेपालमा १०३ वटा अलक्षित विस्फोटनकाघटनामा १७७ जना सर्वसाधारण हताहत भएका छन् ।
• मध्यमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ २९ वटाविस्फोटनका घटनामा ४५ जना हताहत भएका थिए भने मध्यमाञ्चल विकास क्षेत्रमा २८ वटाघटनामा ४६ जना हताहत भएका थिए ।
• सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला सबैभन्दा बढी प्रभावितजिल्ला थियो जहाँ २० जना अलक्षित विस्फोटनमा हताहत भएका थिए भने त्यसपछिको अतिप्रभावित जिल्ला मोरङ थियो जहाँ १२ जना सर्वसाधारण हताहत भएका थिए ।
Real Full Text
अवधिः नोभेम्बर/ डिसेम्बर २००६
स्रोतः इन्सेक तथ्यांकसंकलन प्रणाली (Active Surveillance)
प्रकाशन मितिः- माघ ९ गते
सारांश
  • इन्सेक जिल्ला प्रतिनिधिहरुका अनुसार नोभेम्वर महिनामा तीन वटा विस्फोटनमा सात जना सर्वसाधारण हताहत भएका थिए ।
  • इन्सेक जिल्ला प्रतिनिधिहरुका अनुसार डिसेम्वर महिनामा दुई वटा विस्फोटनमा पाँच जना सर्वसाधारण हताहत भएका थिए ।
  • सन् २००६ मा ८४ वटा विस्फोटनका घटनामा १४४ जना सर्वसाधारण हताहत भएका थिए ।
  • मध्यमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ २३ वटा विस्फोटनका घटनामा ४० जना हताहत भएका थिए ।
सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्लासबैभन्दा बढी प्रभावित जिल्ला थियो जहाँ १३ जना हताहत भएका थिए भने त्यसपछिको अतिप्रभावित जिल्ला मोरङ थियो जहाँ १२ जना सर्वसाधारण हताहत भएका थिए ।
Real Full Text
अवधिः जुन, २००६
स्रोतः तथ्याङ्क संकलन प्रणाली (Active Surveillance)
प्रकाशित मितिः ८ अगस्ट २००६
शीर्षकः अलक्षित विस्फोटनमा हताहत भएका सर्वसाधारण सम्बन्धीमासिक अध्ययन प्रतिवेदन – जुन २००६
सारांशः
जुन २००६ मा इन्सेकले ८ वटा जिल्लाका ९ वटा घटना रेकर्ड तथा अनुसन्धान गरेको थियो जसमा ११ जना र्सवसाधारण घाइते भएका थिए भने २ जनाको मृत्यु भएको थियो । पश्चिमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो जहाँ ५ जना र्सवसाधारण हताहत भएका थिए । विस्फोटनका घटना भएका जिल्लाहरुमा कैलाली (३ जना हताहत), सुर्खेत -३ जना हताहत), पाल्पा -२ जना हताहत), गुल्मी (१ जना हताहत ), म्याग्दी (१ जना हताहत), रुपन्देही (१ जना हताहत), सिन्धुपाल्चोक (१ जना हताहत) र उदयपुर (१ जना हताहत) गरी जम्मा ८ वटा जिल्ला थिए । अधिकांश विस्फोटन पीडितपक्षले वि स्फोटक पदार्थ नजिकैको स्थानहरुबाट घरमा ल्याएपछि घरमा नै भएका थिए ।

Lorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elitLorem ipsum dolor sit amet, consectetur adipisicing elit

Real Full Text





Top