अदालत, प्रहरी निकायहरू स्रोत साधन सम्पन्न नहुनु पनि हिंसा बढ्ने कारण बनेका छन्

मोहना अन्सारी

मोहना अन्सारी, राष्ट्रिय महिला आयोगकी सदस्यएवम् प्रवक्ता हुनुहुन्छ । महिला माथि हुने हिंसा यसका कारण र रोकथामका विषयमा रमेशप्रसाद तिमल्सिनाले अन्सारीसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत् गरेका छौँ । मान्छेको मनमा शान्ति भए हिंसा नियन्त्रण हुन्छ मोहना अन्सारी प्रवक्ता एवम् सदस्य राष्ट्रिय महिला आयोग

हामी हिंसा विरोधी गतिविधि बढाइरहेका छौँ तर, महिला हिंसाका घटनामा कमी आउनुको साटो बढिरहेका छन् किन ?

महिलामाथि हुने हिंसालाई दुई ओटा रूपमा हेर्नुपर्छ । एउटा त संरचनागत, प्राविधिक कुराहरूमा हेर्नुपर्छ के के कुरालेमहिलामाथि हिंसा भइरहेको छ । आजकाल बल्ल महिला हिंसाका घटनाहरू सार्वजनिक हुन थालेका छन् । उजुरी गर्ने क्रममाबृद्धि भएको छ । हाम्रो देशको कानुन पनि समय सान्दर्भिक हुन सकेन । अर्को कुरा हिंसाको स्वरुपहरू परिवर्तन हुँदै जाँदाहिंसा सम्बोधन गर्ने कानुन नभएपछि हिंसाको विकराल बाहिर आएको हो । हिंसालाई प्रत्यक्ष सम्बोधन गर्नका लागि आर्थिक,सामाजिक, साँस्कृतिक स्वरुपलाई हेरेर कानुनको निर्माण र कार्यान्वयन महत्वपूर्ण हुन्छ । र, त्यसपछि त्यो कानुन बमोजिमकोकारबाहीको प्रक्रिया हामीले हेर्नुपर्ने हुन्छ । हामीकहाँ पुरानो कानुन, संरचनाहरू पुरानै, सोचहरू परिवर्तन गर्न नचाहने, कहाँकमजोरी भयो त्यसलाई केलाउन पनि नचाहने र राज्यको कम लगानीले गर्दाखेरि न्याय पाउने कुरामा र हिंसा बृद्धि हुने कुरामायहाँ चुनौति देखियो ।

भनेपछि महिलालाई न्याय दिने खालका कानुन छैनन् हामीसँग ?

कम छन् । केही परिमार्जित कानुन पनि छन् । तर, ती कानुनहरूको व्यापक मात्रामा सचेतना बृद्धि हुन सकेको छैन । त्योकानुनलाई समातेर कतै उजुरी गर्न जान्छ भने यति दिन भित्र उजुरी गर्नुपर्छ भन्ने प्रावधान छ । भौगोलिक कारणले ती दिनबितिसकेपछि त्यहाँ पुगिने अवस्था छ । भौगोलिक विकटता, भइरहेका कानुनका बारेमा समाजमा अनविज्ञता, हुनु नै हिंसाबढ्नुका कारणहरू हुन् । अदालत, प्रहरी निकायहरू स्रोत साधन सम्पन्न नहुनु पनि हिंसा बढ्ने कारण बनेका छन् । महिलाकोन्यायमा सहज पहुँच पुर्‍याउन अथवा महिला हिंसामा कमी ल्याउन हरेक व्यक्तिको महत्वपूर्ण स्थान हुन्छ ।

जनशक्ति स्रोत साधनको कमी भएकाले हिंसा नियन्त्रण गर्न कठिन भयो भनेर राज्यका निकायले सुख पाउँछ ?

त्यो भन्न मिल्दैन । यो देशका नागरिक महिला पनि हुन् । महिला हिंसा अन्त्यका लागि, न्यूनिकरणका लागि राज्यको विशेष लगानी भएन भने नेपाल संसारमै शान्तिको देश भनेर चिनिनु गलत हुन्छ । त्यसकारण राज्यका निकायले स्रोत साधन भएनभनेर राज्यलाई भन्नु पर्‍यो । राज्यले त्यस्तो स्रोत साधन उपलब्ध गराउन पहल गर्नुपर्‍यो । कसलाई भनेर हुन्छ दातृ निकायलाईभनेर हुन्छ, आफ्नै योजना आयोगलाई भनेर हुन्छ, सम्बन्धित मन्त्रालयलाई भनेर हुन्छ । त्यो कुराको चाँजोपाँजो मिलाउने काम राज्यको हो ।

मान्छे किन हिंसालु हुन्छ ?

यो पनि एउटा महत्वपूर्ण कुरा हो । मान्छे किन हिंसालु हुन्छ ? एउटा त आर्थिक, सामाजिक, साँस्कृतिक पक्षले पनि त्यो कुरामा महत्वपूर्ण प्रभाव पार्छ । कतिपय मान्छेहरू आर्थिक कमजोरीका कारणले पनि त्यतापटि उन्मुख हुन्छन् । कतिपय मानिसहरूनजानेर पनि हिंसा गरिरहेका हुन्छन् । हिंसा र शान्ति कता कता एकअर्काका परिपूरक जस्ता पनि हुन् । मान्छेको मनमा हुनेकुरा हो यो । जुन कुराले मनमा जरो गाड्छ । त्यो पछि अभिव्यक्त पनि हुन्छ । त्यसकारण मान्छेको मनै शान्त हुनुपर्छ अनिमात्र हिंसाले बढावा पाउँदैन ।

हिंसा कम गर्न कस कसले कस्तो-कस्तो पहल गर्नुपर्छ ?

समुदाय, त्यसपछि राज्य, सञ्चार, न्याय क्षेत्र । हिंसालाई वास्तविक रूपमा घटाउने हो भने घरका व्यक्तिहरूको पनि त्यत्तिकै योगदान हुन्छ । शुरुवात आफैँबाट गर्नु पर्छ । आफैँबाट थालनी गरेपछि त्यो विस्तारै राज्यमा परिणत हुन जान्छ ।

समाज, राजनीतिक दल, राज्यलाई के बाध्यता पर्दोरहेछ हिंसा गर्नुहुँदैन भन्ने जान्दाजान्दै हिंसा नियन्त्रण गर्नै नसक्नु ?

राज्यको नीति नियमलाई पन्छाइन्छ । व्यक्तिवादी सोचले गर्दा त्यो हुन्छ । यो भनेको कानुनी शासनको विपरीत हो । त्यसकारणराज्यको निकायले पनि कानुनको जानकारी राख्दा राख्दै त्यस्ता घटनाहरू, अवस्थाहरू निम्त्याउँछ भने त्यसलाई कारबाहीकोदायरामा ल्याउनु पर्छ ।

वर्षमा एकपटक महिला हिंसा विरुद्धका अभियान गरेर हिंसा नियन्त्रण हुन्छ ?

तपाईले भन्नुभएको यो कुरा राष्ट्रिय महिला आयोगमा लागु हुँदैन । हामी ३ सय ६५ दिन नै महिलाको पक्षमा काम गरिरहेकाछौँ । बरु अन्य निकायलाई यो प्रश्न गर्नुभएको भए अलि प्रभावकारी हुन्थ्यो । १६ दिने अभियानमा गार्रगुर्र दौडेको भन्दा पनिएकपटक आफूलाई पनि फर्केर हेर्ने प्रयत्न गरिएको हो । नीति नियम छन्, कार्यान्वयनमा किन प्रभावकारिता भएन ? हामीलेगरेका कामकारबाहीलाई जनतासामु पनि पुर्‍याउनुपर्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसम्म  पनि पुर्‍याउनुपर्छ । यो बेलामा मात्रैहोइन वर्षैभरि हिंसा नियन्त्रणका उपाय खोजिनुपर्छ । बहसलाई वर्षैभरि चलाउनुपर्छ ।