संविधानसभा निर्वाचनको सन्देश र निर्देश

डा. पद्मप्रसाद खतिवडा

अघिल्लो संविधानसभा तोकिएको समयमा संविधान बनाउन त सफल भएन नै, पटकपटकम्याद थपिँदासमेत जनताको भविष्यसँग गाँसिएको राज्य पुर्नसंरचनाको खाका कोर्न समेतदलहरू असफल भए। अरु जे जति विषयमा सहमति भएको भनिए पनि राज्यपुर्नसंरचनाको खाका तयार गर्न असफल भएकै कारण अनन्त बिना संविधान पहिलो संविधानसभा विघटन भयोर आवश्यकता पर्‍यो दोस्रो संविधानसभाको। राज्य पुर्नसंरचनासम्बन्धी आ-आफ्नै अडानका कारण नैअनपेक्षितरूपमा निर्दलीय स्वरूपको सरकार गठन गर्नसमेत दलहरू तत्पर  भए। प्रकृया नमिलेको भनि व्यापकचर्चा र विरोधका स्वरहरू सुनिए पनि निर्दलीय सरकारले हिम्मत गर्‍यो र संविधनसभाको दोस्रो चुनाव सम्पन्नगराई छाड्यो।

निर्वाचन प्रकृयामा अवलम्बन गरिएका नीतिः ऐतिहासिक कदम

यस पटकको संविधानसभाको निर्वाचनमा अवलम्बन गरिएका विधि र प्रकृयाले निर्वाचन बढी भन्दा बढीविश्वसनीय र धाँधलीरहित भएको निम्नलिखित आधारबाट भन्न सकिन्छः

१.        विगतको निर्वाचनसम्म अवलम्बन गरिएका एक परिवारका सदस्यहरूको नाम एकै ठाउँमा लख्ने चलनकोअन्त्य गरी वर्णानुक्रमका आधारमा मतदाता नामावली सङ्कलन गरियो। यस व्यवस्थाले कुनै पनिमतदाताको नाम दुई ठाउँमा भरिने सम्भावनाको अन्त्य गरिदियो।

२.      मतदाता नामावलीमा आफ्नो नाम लेखाउन तोकिएको कार्यालयमा व्यक्ति स्वयम् जानु पर्ने व्यवस्थाबाध्यकारी बनाइयो जसले गर्दा उपस्थित हुने व्यक्ति मात्र मतदाता नामावलीमा समावेश हुन सके ।यसले गर्दा विदेशमा रहेका तथा मरेका व्यक्ति नामावलीबाट स्वत हटे। तत्कालीन अवस्थामा विदेशमारहेकाहरूको नाम छुट्न गई उनीहरूमा बालिगमताधिकारको हनन भएको देखिएको छ। तसर्थ आउँदादिनहरूमा विदेशमा रहेर पनि नामावली भर्न पाउने व्यवस्थालाई पहिलो प्राथमिक्तामा राख्नु पर्ने देखिन्छ।

३.      मतदाता नामावलीमा आफ्नो नाम लेखाउन नेपाली नागरिक्ताको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्नेव्यवस्था गरियो। नागरिक्ता नभएको खण्डमा सोही ब्यहोरा खुल्ने अन्य प्रमाणपत्र भए पनि चाहिने नीतिलागु गरियो यसले गर्दा अनागरिक तथा विदेशीहरूले मतदाता नामावलीमा नाम लेखाउने कुचेष्टा गर्नपाएनन्।

४.      अन्तिम समयमा आएर निर्वाचन आयोगले मतदाता परिचयपत्रको व्यवस्था अनिवार्य गर्‍यो, जसले गर्दामतदाता नामावलीमा नाम भएर मतदान केन्द्रमा उपस्थित व्यक्तिले मात्र मतदान गर्न सक्ने भए।अनुपस्थित व्यक्तिको मतदान हुनै नसक्ने बाध्यकारी व्यवस्था भएकै कारण निर्वाचन धाँधलीरहतिबन्नमा मद्दत मिलेको हुनु पर्छ।

५.      निर्वाचन आयोगले मतदान अघि, मतदानका बेला र मतदान पछिका समयमा हुन सक्ने धाँधली र बुथक्याप्चरका घटना हुन नपावऊन् भनी तत्सम्बन्धी निर्देशिका तयार गरी लागु गर्‍यो।

स्वच्छ र धाँधलीरहित निर्वाचन सुनिश्चितताको मापदण्ड निर्धारण गरिएका यी र यस्तै अन्य कैयौँ प्रावधानहरूकावावजुद निर्वाचन स्वच्छ रह्यो भन्नेमा सबै दलहरू सहमत हुन भने सकेनन्। मतदानका बेलासम्म मतदान प्रकृयाविरुद्ध आवाज प्रायःनउठेकामा मतगणनाको कार्य शुरु भई निर्वाचन परिणाम आउन थालेपछि भने निर्वाचन कार्यधाँधलीपूर्ण रहेको आरोप प्रत्यारोपहरू शुरु भए।

दोस्रो संविधानसभाको भरोसा कति गर्ने कति नगर्ने

जनताको उर्लँदो सहभागिताबीच सम्पन्न भएको निर्वाचनमार्फत गठन हुँदै गरेको यस दोस्रो संविधानसभाकोभरोसा पनि हुँदैन कि भन्ने धेरैको आँकलन छ। निर्वाचन सम्बन्धमा विगतमा हुने गरेका टिका टिप्पणीहरूलाईहेर्ने हो भने विगतमा जस्तो निर्वाचन अघि र पछि सिङ्गो निर्वाचन प्रकृयामा नै आँच आउने खालका टिप्पणीहरूयस पटक भएका छैनन्। निर्दलीय सरकारकै कारण तुलनात्मकरूपमा दलहरूकको कम हस्तक्षेप भएकाले पनि हुनसक्छ, यो निर्वाचन अहिलेसम्मकै सबैभन्दा बढी स्वतन्त्र र धाँधलीरहित भनी टिप्पणी पनि भएको छ। तर,अनपेक्षितरूपमा पराजित भएका केही दलहरूले यो निर्वाचनमा संरचनात्मक धाँधली गरेर आफूलाई हराएको दावीभने गरिरहेकै छन्। यसबाट उनीहरू यस संविधानसभाबाट संविधान जारी गर्ने पक्षमा छैनन् भन्ने अनुमान गर्नसक्ने अवस्था सिर्जना भएको छ। कोठे बैठकमार्फत सरकार गठनलगायतका विषयमा केन्द्रित भएका अन्यदलहरू पनि संविधानसभाको प्रक्रिया आरम्भ गरिहाल्ने हतारमा छैनन् भन्ने देखिन थालिएको छ।

कसको जित कसको हार

निर्वाचनमा कसको जित र कसको हार हुनलाई के कस्ता तत्वहरूले काम गरेका छन् भन्ने पक्ष पनि उतिकैरोचक हुँदो रहेछ। काङ्ग्रेस, एमाले र एमाओवादीलगायतका ठूला दलका प्रायः वृत्तमा यसपटकको निर्वाचनसम्बन्धमा गरिएका टिक्काटिप्पणीहरूलाई समेटेर हेर्दा यस्तो भेटिन्छः

१.        प्राप्त सफलता पार्टीको कुशल सङ्गठनका कारणले भन्दा पनि अन्य पार्टीहरूले नयाँ संविधानका लागिराखेका एजेण्डाहरू जनताले स्वीकार नगरेको पाइयो। यसको विकल्प खोज्ने क्रममा हाम्रो पार्टीले पनिकेही सहानुभूति प्राप्त गरेको होः काङ्ग्रेस र एमाले।

२.      प्राप्त असफलता पार्टीको कुशल सङ्गठन नहुनु, तथा पार्टीले जनताको अपेक्षा विपरीतका एजेण्डामाजबरजस्ती प्रवेश गर्नु तथा शीर्ष नेताको आफू खुसी कार्यकर्ता परिचालन गर्ने तथा हुकुमी शैलीमा पार्टी चलाउने मनोकाङ्क्षाले होः एमाओवादी।

३.      विगतको संविधानसभाको निर्वाचनमा पार्टीका शीर्ष नेताहरूले नै हार व्यहोर्नु परेको यथार्थबाट शिक्षा लिँदैयसपटकको निर्वाचनमा शीर्ष नेताहरू विरलै मात्र देश दौडाहामा निस्किएको पाइयो। यसले गर्दानेताहरूको उपस्थिति भएन भन्ने जनगुनासो रह्यो। यसको अर्को अर्थ शीर्ष नेताहरू उठेको निर्वाचन क्षेत्रपनि मजबुत पार्न नसकिएको स्पष्ट हुन्छ। आगामी दिनमा पार्टीले कम्तीमा पनि शीर्ष नेता उठ्ने क्षेत्रमाविकास निर्माणका काम तीब्र पारी जनताको मन जित्न जरुरी छ, जित्ने सुनिश्चित गरी नेताहरू देशदौडाहमा लाग्नु जरुरी हुन्छः एमाले।

४.      कतिपय स्थानमा दलका आसलाग्दा भनिएका उम्मेदवारहरूले सफलता प्राप्त गर्न नसक्नुमा उनीहरूकाकार्यशैली आफैँ जिम्मेवार रहेको टिप्पणी गरिएको छ। उम्मेदवार जनताको नजिक जान हिचकिचाउने,जनतासँग हात मिलाउनसमेत अनकनाउने, आफू सर्वसाधारण भन्दा पृथक हुँ भन्ने भावना देखाउनेजस्ता शैलीले पनि उहाँहरूको हार भएको पाइएको छ। कतिपय उम्मेदवारले पार्टीको नीति विपरीतकासस्ता नारा लगाउनाले पनि उनीहरूले हार बेहोर्नु परेको पाइएको छः काङ्ग्रेस र एमाले।

५.      पार्टीमा युवामुखी प्रशिक्षणको अभाव अर्को मुख्य चुनौती हो। यसका कारण युवाले पार्टीका सैद्धान्तिकपक्ष बुझ्न सकेनन्। र पार्टी नीति र कार्यक्रममा युवा आकर्षित हुन सकेनन्ः एमाले।

६.       कतिपय निर्वाचन क्षेत्रमा पार्टी पराजित हुनुको मुख्य कारण पार्टीभित्र मौलाएको गुटबन्दी होः काङ्ग्रेस,एमाले र एमाओवादी।

७.      एक उम्मेदवार एकै निर्वाचन क्षेत्रमा निरन्तर उम्मेदवार भइरहने र निरन्तर नै हारिरहने पनि पाइएकोछ। आगामी दिनमा एकपटक हारिसके पछि पुनः त्यही निर्वाचन क्षेत्रमा उही उम्मेदवार उठाउनेनउठाउने छलफलको विषय बनाइनु पर्छः काङ्ग्रेस र एमाले।

८.      कतिपय स्थानमा पार्टीको उपस्थिति अत्यन्त कमजोर रहेको पाइएको छ। कतिपय त्यस्ता निर्वाचनक्षेत्रका स्थानीय कमिटीहरू गठन नै नभएका वा गठन भए पनि तिनी चलायमान नभएको पाइएको छःएमाले र एमाओवादी।

सन्देश निर्देश

यसपटकको निर्वाचनमा राजनीतिक दलहरूले आ-आफ्ना घोषणापत्रमार्फत संविधानकै विषयवस्तुसँग केन्द्रित रहेरजनतासमक्ष राखेका विचारहरूलाई मोटामोटी दुई भागमा विभाजन गर्न सकिन्छ। पहिलो पहिचानसहितकोसङ्घीयता र सङ्घीयतासहितको संविधान र दोस्रो बहुपहिचानसहितको सङ्घीयता। यहाँ पहिलो पक्षका राजनीतिकदलहरूले लगाएको नारा र दोस्रो पक्षले लगाएको नारामा शाब्दिक भिन्नता पनि देखिँदैन, त्यसमा पनि दोस्रोपक्षले बहुपहिचानसहितको सङ्घीयता भनिसकेपछि पुन सङ्घीयतासहितको संविधान भनिराख्न पनि परेन, तर पनिपहिलो पक्षले क्तै सङ्घीयताबिनाकै संविधान पो बन्ने हो कि भन्ने आशङ्का व्याप्त नै राखी उक्त वाक्यांश जोडेकोदेखिन्थ्यो।

पहिचानको परिभाषा प्रष्ट पार्ने आ-आफ्नो अभ्यासको क्रममा नै चाहेर वा नचाहेर पनि पहिलो पक्ष एकलपहिचानधारी साबित भइरह्यो भने दोस्रो पक्ष सङ्घीयता विरोधी भनी आरोपित बनिरहनु पर्‍यो। विभिन्न समयमाउनीहरूले राखेका विचार तथा देखाएका क्रियाकलापहरूकै कारण पहिलो पक्षलाई एकल पहिचनधारी समूह तथादोस्रो पक्षलाई बहुपहिचानधारी समूह भनेर चिनिने आधारहरू खडा हुँदै गए। यो एउटा यस्तो सङ्गीन घडीकोरूपमा अघि बढ्यो कि जनताले कुनै एक पक्षलाई फेरि पनि दुई तिहाई मत नदिए संविधान फेरि पनि बन्नसक्ला भन्ने विश्वास उनीहरूलाई थिएन। हुन त ठ्याक्कै दुई-तिहाई मत पाएका छैनन् तापनि अरु स-सानादलहरूको साथ र सहयोगले स्पष्ट दुई-तिहाई मत पाउने गरी बहुपहिचान सहितको मत खासगरी काङ्ग्रेस रएमालेले प्राप्त गरेका छन्।

अन्त्यमा

संविधानसभाको यो मुख्य सन्देश र निर्देशलाई आत्मसात गर्ने आँट अहिले पनि राजनीतिक दलहरूमा देखिएकोछैन। उनीहरू चुच्चे ढुङ्गो उही टुङ्गोकै कार्यशैलीमा संविधानसभाको गतिलाई धिमा बनाउने योजनामा हामफालिसकेका छन्। एमाओवादी लगायतका दलहरू हार हुनका तात्विक कारणहरू इमान्दारीपूर्वक खोज्नुको सट्टाअर्थ न बर्थको आयोग गठनको माग राखी कार्यकर्ताका अघि "फेस सेभिङ" गरिरहेका छन्। हारको पीडा थाम्ननसकी छटपटिएका यी दलहरू संविधानसभाको निर्वाचनमा कसरी धाँधली भयो भनेर जबरजस्ती प्रमाणहरूजुटाउन लागि परेका छन्।

यता जितको दम्म बोकेका ठूला दल काङ्ग्रेस र एमाले अबका दिनमा कसरी आफ्नो वर्चस्व स्थापित गर्दैनिरन्तर ठूलो पार्टी बन्ने दाउ-पेचमा होमिएका छन्। यसले गर्दा जनतामा पुनःनकरात्मक आँकलनहरू देखिनथालेको छ, जनतामा यस्तो निराशा पनि छ र भन्दैछन् यो निर्वाचन उनैका लागि रहेछ, जसले हिजोका दिनदेखि निरन्तर राजनीति गरि आए, उही कार्यशैलीमा संविधानका बहस गरे, अनि संविधानसभाकै अवसान गराए।आज पनि कोठे बैठक गरी त्यही कार्यशैली अपनाउने हर्कत ठूला दलका ठूला नेताहरूले कायमै राखेका छन्।जनतालाई उनीहरूको यो कार्यशैली हिजो पनि परेको थिएन र आज पनि छैन।

जनताको अभिमतलाई स्वीकारेर अघि बढ्न दल तथा तिनका नेतामा थप परिपक्वताको आवश्यक्ता देखिएको छ,त्यो पनि शीर्ष दलका शीर्ष नेताबाट शुरु हुनु पर्दछ। जे जति योजना बनाउने हो, तथा रणनीति तय गर्ने हो, त्योसंविधानसभा भित्रै हुनु पर्छभन्ने ताजा जनादेशको निर्देश हो। तर नेताहरूसहमतिको खोक्रो नारा बोकेर पुरानै शैलीअपनाउने मार्गमा लाग्दै गरेको स्पष्ट भइसकेको छ। राष्ट्रपतिको विवाद, निर्वाचनमा धाँधलीको विवाद, सरकारगठन, साँठगाँठ गर्ने वा नगर्ने यी सबै निर्वाचित प्रतिनिधिहरूबीच संविधानसभा वा व्यवस्थापिका संसद्भित्र बसेरघनीभूत छलफल गर्ने विषयवस्तु हुन्। तर, सामान्य जनतालाई पनि लाजै लाग्ने शैलीमा दलका ठूला नेताहरूसंविधानसभाको अवमूल्यन गर्दै कोठे बैठकमा दिन गुर्जान फेरि पनि शुरु गरिसकेका छन्। लाजै पचाएर जनताकाप्रतिनिधिहरूबीच छलफल गर्नुपर्ने भएभरका एजेण्डामा संविधानसभा बाहिरै बसेर छलफल गरिरहेका छन्,उदेकलाग्दो कुरा त हारेका नेता पनि सहभागी छन्। नैतिक्ताको पाठ पढाउँदा पढाउँदा वाक्क भएका जनता दलकानेताको सद्बुद्धि नफेरिएको गुनासो गरिरहेका छन्।