प्रकाशलाई सम्झँदा

सुशील प्याकुरेल
इन्सेक संस्थापक अध्यक्ष एवम् राष्ट्रपतिका राजनीतक तथा मानव अधिकार विज्ञ
दुर्घटनामा परी प्रकाशको निधन भएको निकै लामो अवधि भयो । मानिसको जीवन कसैको लामो हुन्छ कसैको छोटो हुन्छ । त्यो भनेको भौतिक रूपमा बाँच्ने कुरा हो । तर, मानिसका योगदान चाँहि सधैँ बाँचेकै हुन्छन् । यतिका वर्ष बितेपनि इन्सेकले प्रकाशको निधन भएकै दिनमा प्रकाश मानव अधिकार पुरस्कार वितरण गर्ने गरेको छ । यसैबाट बुझिन्छ कि प्रकाशका योगदानहरू चीरस्थायी छन् । प्रकाशकै अगुवाईमा नेपालको पहिलो मानव अधिकार संस्था मानव अधिकार संरक्षण मञ्चको स्थापना भएको हो । त्यो पनि पञ्चायत कालमै ! त्यो गरेबापत प्रकाश, म र अरू साथीहरूले धेरै दुःख पनि पायौँ । मानव अधिकार संस्था खोलेकै कारण जेल जानु पर्ने स्थितिसम्म आयो । आज नेपालमा धेरै मानव अधिकार संस्थाहरू छन् । प्रकाशको निधन भएको वर्षमा गन्दा लामै अवधि भएपनि मलाई साथै भएजस्तो लाग्छ । धेरै समय भएजस्तो लाग्दैन । प्रकाशले छाडेर गएका मानव अधिकारका कामहरू अझै चुनौतीपूर्ण बन्दै आएका छन् ।
प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ सालमा संसदीय चुनाव भयो । त्यो बेलामा प्रकाशकै सोच अनुसार निर्वाचन पर्यवेक्षण समिति बनाएर काम गरियो । मानव अधिकार अभियानमा प्रकाशको नाम आउँदा मसँगै हुन्छु । प्रकाश मलगायत ५–७ जनाको एउटा समिति बनाएर निर्वाचन पर्यवेक्षणको सिलसिला चलायौँ । देशमा अहिले निर्पाचन पर्यवेक्षण एउटा अभियान बनेको छ । निर्वाचन पर्यवेक्षणको हाम्रो अनुभव लिएर अरू देशमा निर्वाचन पर्यवेक्षणको सिलसिला चलेको छ । त्यतिमात्रै होइन एशिया स्तरमा पर्यवेक्षणको सिलसिला चलाउन आन्फ्रिल (एशियन नेटवर्क फर फ्रि इलेक्शन) को स्थापना गरियो । त्यसको संस्थापक म हुँ । प्रकाश पनि हो । नेपालमा निर्वाचन पर्यवेक्षणको परिकल्पनासहित अभियान चलाएकाले प्रकाश हो । म किन हुँ भने मैले संस्था नै बनाएँ । म लगायतका केही साथीले त्यो गठन गरेका हौँ । म संस्थापक उपाध्यक्ष हुँ ।
त्यस्तै प्रकाशको भनाई थियो–‘जब मानव अधिकार घरघरमा पुग्दैन तबसम्म आम नागरिकले मानव अधिकार उपभोग गर्न पाउँदैनन् । त्यसैले मानव अधिकारको चेतना भनेको घरघरमा हुनुपर्छ । यो सरकारले मात्रै गर्ने काम होइन । हरेक व्यक्ति मानव अधिकारप्रति सचेत हुनुपर्छ ।’ आज देशभर सयौँ मानव अधिकार संस्थाहरू मानव अधिकार सचेतनाका कार्यक्रम सञ्चालन गर्न क्रियाशील छन् । र, नेपालमा सामान्य नागरिक पनि मानव अधिकारको विषयमा धेरै सचेत र चनाखो छन् । प्रकाशले समाजमा के योगदान गरेको छ भनेर केलाउनकै लागि हामी उसको देहान्त भएको दिन विविध कार्यक्रम गरी स्मरण गर्छौँ । मान्छे जन्मनु नै महान कुरा होइन । बाँचेको अवधिमा उसले गरेका योगदान चाँहि महान हो । आज हामी तिनै कामलाई स्मरण गरिरहेका छौँ ।
यो कुनै अतिशयोक्तिको कुरा गरिराखेको छैन मैले जहाँ मानव अधिकार त्यहाँ प्रकाश । नेपालको सन्दर्भमा यति भन्ने बाटो राखेर मात्रै प्रकाश विदा भएको हो । नेपालमा मानव अधिकारका कुरा गर्नेहरू अरु पनि हुनुहुन्थ्यो । प्रकाशले चाँहि हाम्रो मानव अधिकार बहालीका लागि हामी आफैँले नै काम गर्नुपर्छ । संस्था बनाउनु पर्छ भनेर दृढताका साथ काम गरेकै हो । त्यसमा अरु पनि सँगसँगै छौँ ।
२०४६ सालको जनआन्दोलनमाबाममोर्चाका तर्फबाट साहना प्रधानले र नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईले संयुक्त आन्दोलन गर्न बनाइएको सहमतिमा मानव अधिकारको शब्दावली राख्नु भएको छ । त्यसका लागि प्रकाशको योगदान अतुलनीय छ । हामीले नेताहरूलाई कन्भिन्स गर्न निकै प्रयत्न ग¥यौँ । त्यो पहिलो दस्तावेज हो जहाँ राजनीतिक पार्टीहरूले पनि मानव अधिकारको मागलाई लिएर आन्दोलनमा होमिए । त्यसैले नेपालको मानव अधिकार आन्दोलन भनेको राजनीतिक आन्दोलन पनि हो । प्रजातान्त्रिक आन्दोलन सँगसँगै हात्तेमालो गरेर हिँडेको आन्दोलन हो ।
प्रकाश हुँदैखेरि मानव अधिकार आयोग चाहिन्छ भनेर संसदको माथिल्लो सदन (राष्ट्रिय सभा) मा सुवाशचन्द्र नेम्वाङबाट पहिलो प्रस्ताव पेश गरिएको हो । त्यो काम प्रकाश काफ्लेले गरेरै भएको हो । आज मानव अधिकार आयोग संवैधानिक भइसकेको छ । त्यति मात्रै होइन विषयगत आयोग पनि बनाइसकेका छौँ ।
प्रकाशसँगका पल र उसका पहललाई एकैछिनमा भन्न सकिँदैन । यसरी हेर्दा प्रकाशलाई हरेक दिन भेट हुन्छ । त्यही भएर म जहाँ छु प्रकाश त्यहिँ छ । प्रकाश मानव अधिकारको क्षेत्रमा उज्यालो बनेर रहिरहेको छ । प्रकाश साँच्चै प्रकाश हो । उज्यालो प्रकाश !
(रमेशप्रसाद तिमल्सिनासँगको कुराकानीमा आधारित)
सम्बन्धित विचार मञ्चहरू
कोभिड–१९: स्वास्थ्य अनुशासन पालनामा नै जोड
गत मङ्सिर महिनायता कम हुँदै आएको कोभिड–१९ को सङ्क्रमण दरमा गत दुईहप्तादेखि वृद्धि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने प्रतिवेदनमा उल्लेख छ । भारतमा कोभिड सङ्क्रमणको दोस्रो…
महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरियो । २०५४ सालबाट नेपालमा हरेक वर्ष मनाउँदै आइएको यस…
सङ्क्रमणकालीन आयोगका काम प्रभावकारी नहुँदा द्वन्द्वपीडित पीडामै !
सन्दर्भः विस्तृत शान्ति सम्झौता भएको दिन (२०६३ मङ्सिर ५ गते) दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच शान्ति सम्झौता भएको आज ठिक…
राष्ट्रिय मानव अधिकार आयोगका २० वर्षः उपलब्धि र चुनौती
उपलब्धिहरू आयोगका सिफारिश कार्यान्वयनको सन्दर्भमा केही सकारात्मक उपलब्धिहरू रहेको देखिएको छ यद्यपि सिफारिश कार्यान्वयनको अवस्था न्यून देखिंदा यसको कार्यान्वयनमा उत्तिकै चुनौती पनि देखिएका छन् । उपलब्धि विशेषत पीडितको न्याय प्राप्तिसँग…
सान्दर्भिकता र परिस्थितिको आधारमा सोच्ने संस्कार विकास गरौँ
अहिलेको बेलामा नागरिक संस्थाले स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ । स्वास्थ्य भन्नाले स्वास्थ्यसँग गाँसिएर आउने कुराहरू खाद्यको अधिकार, सरसफाईको अधिकार, वातावरणको अधिकारलाई पनि बुझ्नु पर्छ । यि अधिकारहरू…