नागरिकतामा आमाको नाम अनिवार्य र पिताको नाम ऐच्छिक हुनुपर्छ

सुबोधराज प्याकुरेल

अध्यक्ष, इन्सेक

म छोरा मान्छे हुँ। मैले छोरा मान्छेको नियति भोग्नु पर्छ। घर बाहिरको सारा काम गर्नुपर्छ। कमाइ गरेर परिवार पाल्नुपर्छ। त्यतिमात्र गरेर कहाँ पुग्छ ररु मैले परिवारका छोरी, चेलीको खबरदारी पनि गर्नुपर्छ। घरका महिला खेतबारी, पसल, कार्यालय जहाँ जाउन् मैले उनीहरुको पाइला पाइलामा चौकीदारी गर्नुपर्छ।

दुस्ख पर्दा अरुले देख्नेगरी रुनुहुन्न। संकट आइपर्यो भने एक्लै भएपनि अघि लागेर सामना गर्नुपर्छ। महिलासँग सरसल्लाह गर्ने, साझेदारी गर्ने कुरा म छोरा मान्छेलाई सुहाउँदैन।

लोग्नेमान्छेलाई पुरुष पनि भनिन्छ। पुरुष भनेको पौरख हो रे। शास्त्रमा त्यस्तै लेखेको रहेछ। त्यसैले वीरंगनाहरुलाई पौरुष भएका नारी भनिँदो रहेछ। तर मेरो पौरख घर बाहिरका काममा मरिकुच्चे खट्नु र घर भित्र कसिलो अनुशासनमा राखिएका महिलाको सुरक्षाको चिन्ताले छटपटाइ रहनुमा सकिँदो रहेछ। कमाउने म तर मेरो कमाइलाई आनापाई मित्तब्ययितापूर्वक खर्च गर्ने र सक्दो जोगाउने मेरा घरका नारीहरु छन्। खर्चमा नियन्त्रण गरेवापत् मैले उनीहरुलाई 'मालिक्नी’ को दर्जा दिएको रहेछु।

आमाले यतिसारो माया र स्याहार नगरेको भए म कस्तो हुन्थें होलारु दिदी, बहिनीहरुले पाइलै पिच्छे वास्ता नगरेको भए मेरो बसाइ, लवाइ र हिँडाइको रवाफ कहाँ हुन्थ्यो होलारु जन्मी हुर्की बढेको पढेको र समर्थ भएको घर समाज छोडेर मसँग वैवाहिक सम्बन्ध गाँसेर आउने मेरी भार्या नभएकी भए आमाको माया र दिदीबहिनीको स्याहार सुसारको अतिरिक्त असल साथीको पाइलैपिच्छेको साथ दिने को हुन्थ्यो होला ?

यदि मेरी पत्नी बाहिर कमाउन जाँदी हुन् त मलाई नै होलो हुने थियो। घर बाहिरको काममा, खेतबारीदेखि सामाजिक कार्यमा महिलाहरु बाहिर नगएका त होइनन्। अचेल सञ्चार क्षेत्रमा, सामाजिक, मनोरन्जनात्मक क्रियाकलापमा, बौद्धिक र राजनीतिक जगतमा महिला लागेकै देखिन्छ। अरुले गरेको, खटेको मलाई राम्रो लाग्छ।

तर किन हो आफ्नै घरका महिला बाहिर गएकि डरले थर्कमान हुन्छु म। के म पुरुष हुँ तरु पौरख भएको मर्द भएको भए म किन यति डरपोक रु के म अरु महिलाको इज्जत गर्दिनरु के अरु मानिसका आफन्त नारीहरु छैनन्रु यत्तिका महिलाहरु अनेक काममा बाहिर निस्केका छैनन्रु अमेरिकामा, भारतमा, बेलायतमा वा आफ्नै कुनै ठाउँमा कुनै महिला उपर कुनै अत्याचार भयो कि मलाई किन आफ्नै परिवारका महिलाको इज्जत पनि लौ अब सक्कियो जस्तो लाग्छरु के पुरुषको इज्जत, शरीर र श्रमको दुरुपयोग भएको छैनरु उनीहरु माथि अपराध भएको छैनरु महिला बलात्कृत भएको देशमा नारीहरु पटक्कै बाहिर निस्किदैनन्रु अनि बुर्कामा, हवेलीमा थुनिएर बस्ने नारीहरु अत्याचार र बलात्कारको शिकार भएका छैनन् ?

यदि कतै महिला उपर अत्याचार भएको छ भने पुरुष पनि शिकार भएकै छ। फरक प्रकारको अत्याचार होला तर पीडादायी चोट पुरुषलेपनि खपेकै छ। घरका महिला बाहिरको काम गर्न समर्थ भएभने पुरुषलाई होलो भएकै छ। सँगै सरसल्लाहले काम गर्नसके असल निर्णयगर्न सघाउ पुगेकै छ।

त्यसैले महिलालाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार, सम्मान  र पहिचान दिने कानून बन्नुपर्छ। अझ पहिचानकै कुरा गर्ने हो भने नागरिकतामा आमाको नाम अनिवार्य र पिताको नाम ऐच्छिक गर्नुपर्छ।

साभार
http://setopati.com/bichar/30210/