जीवनको वर्गीय मूल्य

बालकृष्ण बस्नेत

जीवनको वर्गीय मूल्य

बालकृष्ण बस्नेत

गत जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नी एअरको डोर्निएर जहाज दुर्घटनाहुँदा १३ यात्रु र २ पाइलटको मृत्यु भयो । जहाजमा रहेका ६ जनाको जिवितै उद्दार भयो ।दुर्घटना लगत्तै दुर्घटना छानविन आयोग गठन गरियो ।

भदौ २४ गते आयोगको प्रतिवेदन सार्वजनिक भयो । काठमाण्डौमा प्रतिवेदन सार्वजनिकभएको भोलिपल्ट २५ गते सोमवार राति कालिकोटबाट जुम्लाका लागि गुडेको ना. ४ ख. ६८७७ नम्बरको बसकर्णाली राजमार्ग अन्तर्गत कालिकोटको पाखा-१ सेरावाङस्थित विर्तामोडमा दुर्घटना भयो । दुर्घटनामा २८ जनाकोमृत्यु भयो ११ जना घाइते भए ।

माथिका दुवै घटनामा सर्वसाधरणले अकालमा ज्यान गुमाउनु पर्‍यो । दुवै दुर्घटना हुन । तर १३ जनाले ज्यानगुमाउदा छानविन आयोग गठन गर्ने नेपाल सरकारले २८ जनाले ज्यान गुमाएको घटनामा एउटा शोक विज्ञप्तिसमेत प्रकाशित गर्न आवश्यक ठानेन । हवाई दुर्घटनामा प्रतिस्पर्धात्मक ढंगले जतिसक्दो चाडो शोक विज्ञप्तिजारी गर्न अग्रसर हुने राजनीतिक दलको केन्द्रीय तहले पनि कालीकोट वस दुर्घटनामा २८ जनाको ज्यान जादाएउटा विज्ञप्ति समेत सार्वजननिक गर्ने जाँगर चलायन ।

जीवनको मूल्यलाई हेर्ने हो भने सवैको जीवन उत्तिनै महत्वपूर्ण र अमूल्य छ । हवाई जहाज उडनेहरूको जीवनकोमूल्य फरक र बसमा गुडनेको मूल्य फरक पक्कै हुदैन । हवाई उडान गर्नेले सडकमा यात्रा गर्ने भन्दा महंगोभाडा तिरेका हुन्छन । तर सस्तो भाडा तिर्नेको जीवन पनि सस्तो ठान्नु वर्गीय विभेदको चरम नमूना हो । त्यहीपहाडमा ठोक्किएर हवाई दुर्घटना हुँदा लाखौ खर्चेर आयोग गठन गर्ने सरकारी अधिकारीको संवेदनालाई त्यहीभूगोलमा बस पल्टियर दर्जनौ नागरिकले अकाल ज्यान गुमाउनु परेको घटनाले किन छुदैन ?

हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने जहाजमा रहेका मानिस बाच्ने सम्भावना अपवादमा बाहेक शून्य प्रायःपाइन्छ । नेपालमा भएका हवाई दुर्घटनाले पनि त्यही देखाउछ । नेपालमा ५५ वर्षलामो हवाई उडानको इतिहासमा७३ वटा दुर्घटनाहरू भएका छन । जसमा ५ सय ९३ ले ज्यान गुमाएको तथ्यांक छ । अपवाद बाहेक अधिकांसदुर्घटनामा धेरैको जिवित उद्धार हुन सकेन । यद्यपि, दुर्घटनाको खवर पाउनासाथ उद्दार र खोजीका लागिहेलिकप्टर प्रयोग भए । तर सडक दुर्घटनामा उद्धारका लागि हेलिकप्टर प्रयोग अपवादमा मात्र हुने गरेको छ ।कालिकोट दुर्घटनामा पनि धेरै विहानसम्म चिच्याइरहेको र समयमै उद्दार हुन नसकेर मृत्यु हुनेको संख्या बढेकोबताइएको छ । तिनै मानिस हवाई जहाज दुर्घटनामा परेका भए तुरुन्त उद्दारका लागि हेलिकप्टर उडाउनेसरकारले ४० जना यात्रु रहेको बस गम्भीर दुर्घटनामा परेको खवर पाउँदा पनि तुरुन्त हवाई उद्धारको व्यवस्थानगर्नु बसमा चढने नागरिकको जीवनलाई अवमूल्यन गर्नु नै हो ।

सडक दुर्घटनामा ज्यान गुमाउनेको पछिल्ला तथ्यांक हेर्ने हो भने नेपालमा भएको १० वर्षे जनयुद्धको क्षति भन्दापनि कहाली लाग्दो अवस्था छ । द्वन्द्वमा दैनिक ज्यान गुमाउनेको दर भन्दा दुर्घटनामा दैनिक ज्यान गुमाउनेकोदर बढी छ । दैनिक अखवारले सरकारी निकायलाई उद्धृत गर्दै जनाए अनुसार ०६७ मा नेपालमा ४ हजार १ सय४ दुर्घटना भए । ०६८ मा यो संख्या बढेर ५ हजार ४ सय पुग्यो । र ०६९ को सुरुको पाँच महिनालाई हेर्ने होभने यो वर्षको तथ्यांक अझै बढने अवस्था छ । यत्तिका धेरै दुर्घटना हुँदा र वर्षौनी हजारौ नागरिकले अकालमाज्यान गुमाइरहदा सडक दुर्घटना राज्यको चासो र प्राथमिकताको मुद्दा बन्न सकेको छैन ।

अझ पछिल्लो ठूलो दुर्घटना भएको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडकको कुरा गर्ने हो भने स्थानीयलेसो मार्गलाई मुत्युमार्ग नामाकरण गरेका छन् । वर्षमा मुश्किलले नौ महिना सञ्चालनमा आउने सो सडकमा पाँचवर्षको अवधिमा साना ठूला गरी भएका १ सय ५३ ओटा दुर्घटनामा १ सय ९३ जनाले ज्यान गुमाएको र ८३ जनाअपाङ्ग भएको आधारमा सर्वसाधारण त्यस्तो नामाकरण गर्ने अवस्थामा पुगेका हुन । वि.स. ०१७ सालमातत्कालिन राजा महेन्द्रले रेखांकन गरेको २ सय ३२ किलो मिटर लामो यो सडक वि.स. ०६३ साल चैत ३० गतेनिर्माणको ठेक्का पाएको नेपाली सेनाले ट्याक निर्माण कार्य सम्पन्न गरेर राष्ट्रिय योजना आयोगका तत्कालिनउपाध्यक्ष जगदिशचन्द्र पोखरेलले उद्घाटन गरेका थिए ।

छोटो समयमा यतिका धेरै दुर्घटना हुँदा र करिव २ सय नागरिकले ज्यान गुमाउँदा पनि सो सडककोस्तरोन्नतीमा सरकारले ध्यान दिन सकेको छैन । नत दुर्घटनाका कारणकै बारेमा सम्वन्धित निकायले गम्भीरभएर अध्ययन गरेको छ । मुश्किलले ट्याक मात्र खोलिएको सो मार्गमा कस्ता प्रकृतिका सवारी गुडन दिने होस्पष्ट मापदण्ड छैन । नत त्यहाँ गुडने सवारीको भार क्षमताको बारेमा नियमन गर्ने निकाय नै छ । सडककोजिर्ण अवस्था, नियमन गर्ने निकायको अभाव, क्षमताभन्दा बढी यात्रु र मालसमान बोक्नु, चालकले मादक पदार्थसेवन गर्नु आदि दुर्घटनाको आधारभूत कारण हुन भन्ने सत्य थाहाँ हुँदा हुँदै पनि सरोकारवाला निकायले तीसमस्या सुधारमा ध्यान दिन सकेका छैनन् ।

कर्णालीमा गाडी पुग्यो भनेर राष्ट्रिय तथ्यांकमा सडकको लम्वाई बढाउनेहरूलाई कर्णाली मार्गको स्तरको बारेमाहेक्का राख्ने फुर्सद छैन । किनकी त्यस्ता अधिकारीहरू ती ठाउँमा जानुपर्‍यो भने हवाई मार्ग प्रयोग गर्छन ।सामान्य ट्याक खुल्दा समेत कर्णालीका स्याउहरू तराई झर्न लागेको र तराईको चामल कर्णाली पुग्न सहजभएको यथार्थलाई बोध गर्ने फुर्सद पनि नीति निर्मातासँग छैन ।

काठमाण्डौमा जस्तो सडक बन्द गरेर सरकारलाई स्तरउन्नतीका लागि दवाव दिन मिल्ने भए कर्णालीवासीले पनिसडकमा टायर बाल्थे होलान । तर कर्णालीको सडक बन्द गरिदा काठमाण्डौले दवाव खेप्नुको सट्टा कर्णालीवासीलेनै भोकमरी खेप्नुपर्छ । सिंगो नेपालको १५ प्रतिशत भूगोल ओगटेको कर्णाली मावन विकास सुचकांकमा नेपालकोसवैभन्दा तल रहेको अञ्चल हो ।

जीवनको मूल्यका हिसावले राज्यले सयौ वर्षदेखि कर्णालीलाई सौतेलो व्यवहार गर्दै आएको छ । काठमाण्डौलाईकर्णाली कहिल्यै पनि दुख्दैन । कर्णालीको अभाव काठमाण्डौका तारे होटल र वाताअनुकुलित कोठामा हुने गोष्ठिमाविक्छ । योजना आयोगका ढड्डाहरूमा विक्छ । तर सिंहदरवारको संवेदनालाई कर्णालीले छुदैन । दर्जनौकर्णालीवासीको मृत्युमा सिंहदरवारले १ मिनेट मौनधारणको समय समेत पाएन । सिंहदरवारको कुर्चिमा यतिवेलावर्गिय युद्धका नाइके आसिन छन । विद्रोह र युद्धका नाममा विदेशी दातृ निकायले बनाइदिएका झोलुङ्गेपुलकाटेर कर्णालीवासीलाई तुइनमा झुण्डिन वाध्यपार्ने छापामारहरू यतिवेला पैसाको हिसाव किताव मिलाउन व्यस्तछन् । कर्णाली राजमार्ग बनाउदै गरेका निहत्था सैनिकमाथि आक्रमण गरेर विजयउत्सव मनाउने युद्धकानायकहरूलाई त्यो सडकमा अकाल मृत्यु व्यहोरीरहेका कर्णालीवासीको पीडा आत्मवोध हुन छाडेको छ ।

त्यस्तै सेतो चामलको अभावलाई भोकमरीको उपमा दिएर अभावको ढोल पिटने र हेलिकप्टरमा चामल ओसारेरकर्णालीवासीलाई खुवाउने विकासे ठेकेदारलाई कर्णाली मार्गको स्तरउन्नती गर्न सके सहज रुपमा सडकमार्गबाटचामल पुर्‍याउन सकिन्छ भन्ने तर्फ हेक्का छैन । उता चामलको लत लगाएर रैथाने बालीनाली र स्थानीय कृषिउत्पादनलाई अखाद्य देख्नेले चामल भित्राउने हेलिकप्टरमा त्यहाँका स्याउ र सिमी तराईमा झार्ने जागर गर्दैनन् ।

जवाफदेही सरकार भएको मुलुकमा एउटा नागरिकको मृत्युले पनि राज्य दुख्छ । राज्यको कमजोरीले नागरिककोमृत्यु भएमा त्यसको नैतिक जिम्मेवारी राज्यले लिन्छ । कतिपय ठाउँमा गाडी र मानिसबीच समेत साइड दिननमिल्ने सडकमा कुनै मापदण्ड नै नतोकी दोहोरो गाडी गुडाउन दिने सरकार त्यो सडक दुर्घटनामा ज्यानगुमाउनेहरुको हत्यारा हो भन्दा पनि अतियुक्ति हुन्न । कर्णालीमा गाडी पुग्यो भनेर हौवा फैलाउने तर त्योसडकको स्तरवृद्धिमा ध्यान नदिने र दुर्घटनामा मरेकाहरूको तथ्यांकमात्र सकलन गरेर बस्ने अधिकारीहरूलेदुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ ।

वर्गीयताको नारा र युद्धको बलमा हाल प्रधानमन्त्रीको कुर्सिमा आसिन बाबुराम भट्टराई र वर्गीय युद्धकामसिहाहरूले कर्णालीवासीको जीवनलाई वर्गीयताकै आधारमा मूल्यहिन देख्ने हो भने त भन्नु केही रहेन । अन्यथाकेही गर्न ढिला भइसकेको छ ।

नागरिक पश्चिमेलीमा प्रकाशित२०६९ असोज १ गते