भिडन्तमा परेका बालबालिका क्षतिपूर्तिबाटवञ्चित
नारायण सुवेदी
१३ भाद्र ०६२
बर्दियाको गणेशपुर गाउँमा सुरक्षाकर्मी र माओवादीबीच दोहोरो भिडन्त भएको छ महिना बितिसक्दा पनि भिडन्तमा गोली लागी घाइते भएका चारजना बालबालिका र मारिएका चारजनासहित १२ जना सर्वसाधारणको परिवारले अझैसम्म क्षतिपूर्ति पाएका छैनन्।
माओवादीले बाटोमा गरेको अवरोध खुलाउन सदरमुकाम गुलरियाबाट गएको सुरक्षाकर्मीको संयुक्त टोली र माओवादीबीच ०६१ फागनु १७ गते, दिउँसो ४.०० बजे देखि साँझ ७.०० बजेसम्म दोहोरो भिडन्त भएको थियो । भिडन्तका क्रममा गोली लागी चारजना बालबालिका घाइते भएका थिए । उक्त भिडन्तमा गोली लागी चारजना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य चारजना घाइते भएका थिए । घाइते तथा मृतक कसैका परिवारले पनि हालसम्म क्षतिपूर्ति पाएका छैनन् ।
उक्त भिडन्तका क्रममा महम्मदपुर गाविस-४, डल्लाका आठ वर्षीय विजयराज यादवको पिसाब गर्ने ठाउँमा गोली लागेको थियो । त्यस्तै, १० वर्षीया रेखा यादवको पिठ्यूँमा दुईओटा गोली र १० वर्षीया जानुन्ती यादवलाई घाँटीमा गोली लागी घाइते भएका थिए। घाइतेहरूको उपचार नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा गरिएको थियो । घाइते विजयराजका बाबु मनिराम यादव भन्छन्, "क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा घटनाको दुई/तीन दिनपछि निवेदनको बारेमा बुझन जाँदा जहिले पनि 'माथिबाट आदेश आएको छैन, आएपछि हामी आफै खबर गर्र्छौं' भन्छन् ।"
महम्मदपुर गाविस-४, गणेशपुर डल्ला गाउँकी १६ वर्षीया सावित्री खटिकका बाबु मालती खटिकका अनुसार घटना भएको दुई दिनपछि क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भए तापनि कुनै सुनुवाइ भएको छैन । सावित्री बारीमा साग टिप्न लागेको समयमा घाइते भएकी थिइन । उपचारको क्रममा सावित्रीलाई नेपालगञ्ज भेरी अस्पताल लगिएकोमा डाक्टरले लखनउ लैजानु पर्ने सल्लाह दिएका थिए । सावित्रीलाई भेरी अस्पतालमा राख्दासम्मको औषधी खर्च बाँके जिल्ला प्रशासनले व्योहोरेको भए तापनि लखनउमा भएको उपचार खर्चमा कसैले सहयोग नगरेको बताइएको छ । आर्थिक स्थिति कमजोर भएका कारण गाउँमा ऋण सापट गरी उपचार गराउनु परेको र अझै पनि सावित्रीलाई बेला बेलामा लखनउ लैजानु पर्ने बुझिएको छ । लखनउमा उपचार गर्दा लगभग ७० हजार रु. खर्च भइसकेको दुखेसो व्यक्त गर्दै छोरीको उपचारको लागि सहयोग गरिदिन सरकार र अन्य मानवअधिकार संघ-संस्थासँग उनले अनुरोध गरेका छन् ।
सोही घटनामा गोली लागी घाइते हुन पुगेका महम्मदपुर गाविस-४ का ४५ वर्षीय मायावती यादव, ५० वर्षीय केतकी यादव, सोही गाविस दुध्धाका रामप्रसाद थारु तथा छेदन लोधले पनि क्षतिपूर्ति पाएका छैनन् । सो भिडन्तमा गोली लागी मृत्यु भएका कालिका गाविस-६ का भूपू अर्सइ नरबहादुर जि.सी., महम्मदपुर गाविस-६ का ३४ वर्षीय अब्दुल गफार तेली, सोरहवा गाविस-६ का २१ वर्षीय लाले खटिक र महम्मदपुर-१ का ५० वर्षीय चौरसिया यादव (उपचार गर्दा गर्दै मृत्यु भएको ) का परिवारजनले समेत क्षतिपूर्ति पाएका छैनन् ।
-
सम्बन्धित फिचरहरू
चार दिनमा दुई घण्टा बिजुली शिक्षा र स्वास्थ्यमा नकारात्मक असर
विद्यालय पुग्न घरबाट करिब १ घण्टाको बाटो । गाउँमा बिजुली पनि छैन । बालबालिकाले भनेजसरी पढ्न पाएनन् भनेर पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउन सिंजा गाउँपालिका–६…
‘गुलियो’ खेती गर्नेका तिता अनुभव !
निलो मास्क । टाउकोमा सेतो गम्छा । सेतै पहिरन । चिसो मौसम छ हात्तिछाप चप्पल पड्काउँदै हरेक दिन आन्दोलनमा सहभागी भइरहेका छन् । रामनगर गाउँपालिका–१, सर्लाहीबाट न्याय खोज्दै काठमाडौँ आएका…
दार्चुला र धार्चुला जोड्ने पुलमा स्वास्थ्य मापदण्ड विपरीत भीडभाड ! (फोटो फिचर)
नेपाल–भारत जोड्ने दार्चुला र धार्चुलाको बिचमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा मङ्सिर १३ गते देखिएको भीड हो यो । एक घण्टाका लागि खोलिएको पुलमा धार्चुलाबाट समान ल्याउन गएका नेपालीले स्वास्थ्य…
बदर हुनेभयो ‘फड्के तमसुक’, बलात्कार घटनाबाट पीडित महिलाले न्याय पाउने आशा !
जेठको पारिलो घाममा दिउँसो पानी भर्न जान सकिनन् । दुई घण्टाको बाटो पैदल हिँडेर पानीको गाग्री बोकेर अप्ठ्यारो हुने भएपनि उनले साँझतिर पानी भर्ने योजना बनाइन् । सोही अनुसार जेठ…
पानी कहानी, १० रुपियाँमा ३५ लिटर !
पाका महिलाहरू भालेको डाकसँगै उठ्छन् र उज्यालो हुँदासम्म दुइतीन पटक ओसारी सक्छन् । पानी ओसार्नेमा धेरैजसो महिलाहरूको ताँती हुन्छ । बालबालिका पनि हात र काँधमा ग्यालेन तथा गाग्रीमा पानी बोकिरहेका…