‘गुलियो’ खेती गर्नेका तिता अनुभव !

काठमाडौँ । ०७७ पुस १ गते

निलो मास्क । टाउकोमा सेतो गम्छा । सेतै पहिरन । चिसो मौसम छ हात्तिछाप चप्पल पड्काउँदै हरेक दिन आन्दोलनमा सहभागी भइरहेका छन् । रामनगर गाउँपालिका–१, सर्लाहीबाट न्याय खोज्दै काठमाडौँ आएका हुन् उनी । उनी काठमाडौँमा त्यसै आएका होइनन् । गाउँठाउँमा न्याय नपाएपछि प्रदेश सरकारलाई गुहारे । प्रदेश सरकारले कहिल्यै हुँदैन र सक्दिनँ भन्ने जबाफ दिएन र न्याय पनि हात लागेन । आफ्नो मेहनतको फल नपाएपछि रन्फनिँदै उनी र उनीजस्ता केही किसान काठमाडौँ आएका हुन् । यसरी काठमाडौँ आउने किसान गगनदेव राय यादव हुन् ।

photo20201216kathmandu (6)२०७१ सालदेखि अहिलेसम्म सुगर मिल्समा बेचेको उखुको कुनै मुल्य नपाएपछि उनले मिल्समा नै गुनासो पोखे । मिल्सले पैसा दिन आनाकानी गरेको उनले सुनाए । उखु किसानले पटकपटक आन्दोलन गरेपनि अझैसम्म १ अरब २० करोड रुपियाँ भुक्तानी पाउन सकेका छैनन् । तर, उद्योगले भने ६५ करोड ६५ लाख रुपियाँ मात्रै बाँकी रहेको दावी गर्दै आएका छन् । सुगर मिलले विभिन्न बहाना बनाएर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको किसानहरूको आरोप छ ।

कोरोनाको कहरपछि सुनसानजस्तै रहने माइतिघर मण्डला नजिकै सडक ठप्प पार्दै प्रदेश २ र लुम्बिनी प्रदेशबाट काठमाडौँमा आन्दोलन गर्न आएका २०–२५ जना किसान जम्मा हुन्छन् । किसानलाई साथ दिन अन्य केही व्यक्ति आन्दोलनमा साथ र समर्थन गर्न जम्मा हुन्छन् । सर्लाहीबाट काठमाडौँ आएकाहरू आक्रोश sugarcane20201216ktmपोख्छन्–‘हामी मलङ्गवामा अनसन बस्यौँ । सुनुवाइ भएन । प्रदेश सरकारको ध्यानाकर्षण गरायौँ । प्रदेश सरकारले केही गरेन । त्यही भएर हामी केन्द्र सरकारको ध्यान खिच्न यहाँ आयौँ ।’ यहाँको सरकारले नसुनी सुखै छैन । आन्दोलनको तेस्रो दिन मङ्सिर ३० गते आन्दोलित किसान रिपोर्टिङका लागि माइतीघर पुगेका पत्रकारलाई ठूलोठूलो स्वरमा भन्दै थिए–‘पत्रकारजी अनुरोध ए हे की चलकर निरीक्षण करे !’

sugarcane20201216ktm2

बलरा नगरपालिका सर्लाहीका गजेन्द्रप्रताप सिंह उखु किसानले रगत पसिना केही नभनी उत्पादन गरेको उखु चिनी मिलले उधारोमा लिएर हालसम्म भुक्तानी नगरेको बताउँछन् । यसले गर्दा उखु उत्पादन गर्न बैङ्क र साहु महाजनबाट चर्को ब्याजमा लिएको ऋणका कारण किसानको अवस्था घर न घाटको बनेको छ । त्यसमा पनि पछिल्लो पटकको कोभिड–१९ को महामारीका कारण आर्थिक अवस्था दयनीय बनेपछि साहु महाजन र बैङ्कको ब्याजका साथै मुलधनसमेत तिर्न नसकिएको बाध्यता सिंहले सुनाए । एउटा पुसमाघमा उखु लगाउने र अर्को पुसमाघमा काट्ने गरिएको पनि उनले सुनाए । उनले भने–‘धेरै उखु लगाउन लगायो । तर, मिल सञ्चालकले क्षेत्र तोकेर मात्रै लिने गरेकाले बेच्नसमेत कठिनाइ भएको छ ।’ सरकारले दिने भनेको अनुदानसमेत नदिएको पनि आन्दोलित किसानले आरोप लगाएका छन् ।

आफ्ना माग राखी माइतीघरस्थित चिसो सडकमा थ्याच्चै बसेका किसानको मन बेचैन नै छ । ५–७ हजार रुपियाँ ऋण सापट लिएर काठमाडौँमा आएका उनीहरूको आन्दोलन यसअघि झैँ त्यसै टुङ्ग्याउने हो कि भन्ने आशङ्काले मन बेचैन भएको हो । नगदे बालीका रूपमा रहेको उखु किसानले उधारोमा उखु बेच्दै आएका छन् । उधारोमा बेचेको उखुको रकम भने वर्षौँदेखि मिल सञ्चालकले नदिँदा आन्दोलित किसानको मागमा सरकारले सम्बोधन गर्नुपर्ने अभियन्ता डाक्टर राजेश अहिराज बताउँछन् ।

सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गर्ने भएको छ । गृह मन्त्रालयमा मङ्सिर ३० गते दिउँसो बसेको बैठकको निर्णयअनुसार सोही साँझै बक्यौता भुक्तानी नगरेको उद्योगका सञ्चालकलाई गिरफ्तार गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । ‘पछिल्लो ६–७ वर्षदेखि उखु खरिद गरेबापत किसानलाई भुक्तानी नदिएका उद्योगका सञ्चालकलाई पक्राउ गर्ने विषयमा निर्णय भयो ।’–गृहका प्रवक्ता चक्रबहादुर बुढाले भने । यो निर्णयले थोरै आशा पलाएको आन्दोलनरत किसानले प्रतिक्रिया दिएका छन् ।

photo20201216kathmandu (2)

photo20201216kathmandu (3)

photo20201216kathmandu (4)

photo20201216kathmandu (5)

  • रमेशप्रसाद तिमल्सिना

-