सुनसरी

नगरपालिकाका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा सेवा ठप्प

इनरूवा नगरपालिकाका निमित्त प्रमुख प्रकाशकीय अधिकृत इन्द्रानन्द शाहलाई सोही नपा–४ का ३५ वर्षीय राजीव मेहताले मङ्सिर २५ गते कार्यकक्षमै दुर्व्यवहार गरेको आरोपमा कर्मचारीहरूले सेवा ठप्प पारेका छन् । राष्ट्रिय जनता पार्टीको नेता बताउने मेहताले ५७ वर्षीय इञ्जिनियरसमेत रहेका निमित्त प्रशासकीय अधिकृ....

Post Update :December 12, 2018,  
क्याम्पस प्रमुखको कुर्सीमा आगजनी र तलाबन्दी

सुनसरी बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले मङ्सिर २१ गते बिहान आगजनी गरेका छन् । पढाइ प्रभावित हुने गरी एक विद्यार्थी समूहलाई कार्यक्रम गर्न दिएको भन्दै सुनसरी बहुमूखी क्याम्पसका निमित क्याम्पस प्रमुख गोविन्द सिलवालको कुर्सी जलाएर आगजनी गरेका छन् भने झ्यालका सिसा तोडफोड गरेका छन् । पढाइ प्रभावित भएको र नियमित पढाइमा समस्या देखिएका....

Post Update :December 7, 2018,  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय प्रेमबहादुर भुजेललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित....

Post Update :November 30, 2018,  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावुलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाकी आमाले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । पीडित बालिकाकी आमाले इलाका प्रह....

Post Update :November 30, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–३ का २१ वर्षीय उमेश विष्टलाई मङ्सिर ८ गते गिरफ्तार  गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते उजुरी दिएको थियो । घटना लगत्तै आरोपित फरार भएका थिए । नौ दिनपछि आरोपितलाई गिरफ्तार  ....

Post Update :November 24, 2018,  
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा जिल्ला अदालतमा मुद्दा दर्ता

कोशी गाँउपालिका–८ की ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा न्यायको माग गर्दै जिल्ला अदालतमा मङ्सिर ६ गते मुद्दा दर्ता गराएकी छिन् । घरेलु हिंसा पीडित बुचीयादेवीले न्यायको माग गर्दै यसअघि पटकपटक न्यायिक समिति र प्रहरीमा उजुरी दिएपनि न्याय नपा....

Post Update :November 23, 2018,  
प्रहरीले उजुरी नलिएको पीडितको गुनासो

कोशी गाउँपालिका–८ हरिपुरकी ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले न्यायको माग गर्दै दिएको उजुरी प्रहरीले नलिएको गुनासो गरेकी छिन् । तीन वर्ष अघि पति रोजगारीका लागि विदेश गएपछि परिवारका सदस्यले चरित्रमाथि आरोप लगाँउदै कुटपिट र मानसिक यातना दिने गरेकाले न्यायको माग गर्दै पटकपटक प्रहरीमा उजुरी....

Post Update :November 21, 2018,  
बलात्कार घटनाको उजुरी ढिलाइका कारण आरोपित फरारः प्रहरी

१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ढिलो गरी उजुरी दिँदा आरोपित फरार भएको प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय उमेश विष्टले कात्तिक २९ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते प्रहरीमा उजुरी दिँदा आरोपित फरार भएक....

Post Update :November 21, 2018,  
अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागि एकको मृत्यु

दुहबी नगरपलिका-९ सोनापुरमा मङ्सिर ५ गते बिहान साँढे ६ बजे मर्निङ वाकमा निस्किएका सोही ठाउँका ५० वर्षीय फिदा हुसेनलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका अपरिचित दुई जना व्यक्तिले प्रहार गरेको गोली लागेर घटनास्थलमै हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्....

Post Update :November 21, 2018,  
प्रहरीले अधिवक्तालाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

सुनसरीको गढी गाउँपालिका–२ निवासी ४१ वर्षीय अधिवक्ता विनोदकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय दुहवीका प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कानुनी शासनको वकालत तथा मानव अधिकार रक्षाका लागि प्रतिवद्ध रही क्रियाशील चौधरीलाई कात्तिक ३० गते इलाका प....

Post Update :November 18, 2018,  






Top