प्रदेश नम्बर ७ का ४ जिल्लाहरूमा शान्तिपुर्ण रूपमा मतदान सुचारू (अपडेट १२:०० बजे)

बाजुरा जिल्लामा ७० ओटा मतदानस्थल र १ सय ओटा मतदान केन्द्र रहेको र सबै मतदानस्थल र मतदात केन्द्रमा निर्धारित समयमै मतदान कार्य सुरू भएको छ । सबै निर्वाचन क्षेत्र र स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन् बैतडी…

November 26, 2017  
महिलामाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय सुरेशसिंह विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । व्याँस गाउँपालिका-३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको हो । गोकुलेश्वरस्थित विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी विष्टले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएको छ ।…

November 25, 2017  
अज्ञात समूहद्वारा ढुङ्गामुढा प्रहार, नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते

अज्ञात समूहको आक्रमणबाट नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते भएका छन् । बुढीगङ्गा नगरपालिका-१ डुग्रीमा ७ गते राति १० बजे भएको आक्रमणबाट काङ्ग्रेसका कार्यकर्ता अम्मर थापा, कृष्ण थापा, ललित थापा, गौरे सनाई र मदन नेपाली घाइते भएका हुन् । घाइतेहरूको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ । घाइतेको टाउकोमा चोट…

November 24, 2017  
अज्ञात समूहद्वारा सहायक मतदान अधिकृत बाटोमै कुटिए

निर्वाचन गराउनका लागि बुढीनन्दा नगरपालिका-५ मा रहेको नन्देश्वरी मावि कोटिलाको मतदान केन्द्र जाँदै गर्दा सहायक मतदान अधिकृत मङ्सिर ६ गते अज्ञात समूहद्वारा बाटोमै कुटिएका छन् । अज्ञात समूहले सिराहा जिल्ला घर भई हाल विच्छ्या माविमा शिक्षण गराउँदै आएका विन्देश्वरप्रसाद यादवलाई कुटपिट गरेको हो । यादवलाई मङ्सिर ६ गते दिउँसो बडिमालिका…

November 23, 2017  
आचारसंहिता उल्लङ्घन बढेपनि निगरानी भएन

निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा आचारसंहिता उल्लङ्घनका घट्ना बढेका छन् । राजनीतिक दलहरूले उम्मेदवारको प्रचार पम्पलेट झण्डाहरू सरकारी कार्यालय कम्पाउण्डमा गाडेर प्रचारप्रसार गरेपनि नियमनकारी निकाय मौन छ । एकसाता अघिबाटै सदरमुकाम खलङ्गाको जिल्ला पशु सेवा कार्यालय, नेपाल टेलिकम अगाडिका क्षेत्रमा प्रचार पम्पलेट टाँस गरेपनि अनुगमनकारी नियकाले देख्न सकेको छैन । सदरमुकाम…

November 21, 2017  
डडेल्धुराका १६ ओटा मतदानस्थल अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १६ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्ष निकालेको छ । ७७ मतदानस्थल र १ सय ७७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३७ स्थल सम्वेदनशील र २४ मतदानस्थल सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो । चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण…

November 21, 2017  
किरिया बसेको स्थानबाट नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

बुवाको किरियामा बसेका नेपाल कम्युष्ट पार्टीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । डिलाशैनी गाँउपालिका-३ रूद्रेश्वर बगडी निवासी जोशीलाई किरीयामा बसेकै बेला गिरफ्तार गरी बन्दी बनाएको पीडितका आफन्तले आरोप लगाएका छन् । पीडित परिवारका अनुसार नेकपामा संलग्न रहेकै कारण उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।…

November 21, 2017  
दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बृद्घि हुन थालेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएपनि उनीहरूले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । राजनितिक दलहरूले निर्वाचनको प्रचारप्रसार भडि्कलो बनाउदै गएका…

November 20, 2017  
वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप

वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच मङ्सिर ३ गते राति शैल्यशिखर नगरपालिका-६ पनेबाजमा झडप भएको छ । चुनावी प्रचार प्रसारमा रहेका वाम गठबन्धनका कार्यकताहरू पनेबाजमा खाना खाइरहेको बेला काङ्ग्रेस कार्यकर्ताले जिप लगेर ठोक्न खोजेपछि झडप भएको आरोप छ । काङ्ग्रेस कार्यकर्ता चढेको से १ ज १५१ नम्बरको जिप चालक किशनसिंह…

November 20, 2017  
अज्ञात समूहद्वारा पत्रकारमाथी खुकुरी प्रहार

कैलालीका पत्रकार लक्ष्मी जैसीमाथी मङ्सिर २ गते राति अज्ञात समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले जनाएको छ । जनता टेलिभिजिनका सम्वाददातासमेत रहेका नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका साधारण सदस्य पत्रकार लक्ष्मी जैसी बौनियास्थित घरमा सुतिरहेको समयमा अपरिचित व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते पत्रकार…

November 19, 2017