तीन दिने मानव अधिकार तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वारा आयोजना गरिएको सरोकारवालाहरूका लागि मानव अधिकार तालिम पुस १३ गते धनगढीमा सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकारको अवधारणा, अधिकारमूखी अवधारणा, मानव अधिकार बहस तथा पैरवी, सिमान्तकृत समुदायका अधिकार, आधारभुत अधिकार र नेपालको संविधान तथा स्थानीय सरकारका अधिकारहरूलगायतका विषय समावेश गरिएको थियो…

December 28, 2017  
शिक्षक कुटपिटको घटना कान समातेर उठबस पछि मिलापत्र

जिल्लाको पुरचौडी नगरपालिका-८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपिट गरी घाइते बनाएको आरोपमा स्थानीय विरसिंह साउदलाई गाँउलेहरूको उपस्थितिमा कान समातेर उठबस गराएपछि पुस ११ गते मिलापत्र भएको छ । गत मङ्सिर २७ गते विद्यालयबाट घर फर्कदैँ गरेका शिक्षकमाथि कुटपिट गरेको स्वीकार गरेपछि विरसिंहलाई वडा कार्यालयमा कान समातेर उठबस गराएपछि घटना मिलापत्र…

December 28, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-८ का २६ वर्षीय इन्द्रसिंह धामीलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस १० गते लिखित उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

December 26, 2017  
सदरमुकाममै किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध

तुलनात्मक रूपमा सुधार भएपनि जातीय छुवाछुत विद्यमान रहेको बैतडी जिल्लाको सदरमुकाममै दलितले पालेका गाईभैँसीको दुध किनबेच हुँदैन । पछिल्लो समय दलितहरूलाई होटल प्रवेश गर्न दिइएपनि दलितले उत्पादन गरी बजारमा दुध बेच्न जाँदा कसैलेपनि नराख्ने गरेको दशरथचन्द नगरपालिका-४ की पार्वती भुलले बताइन् । 'धेरै गाईभैँसी त पालेका छैनौँ । तर, घरमा…

December 26, 2017  
नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कैलाली र डडेल्धुरामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि रबिना चौधरीका अनुसार इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि कैलाली जिल्लाका घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम पुस ९ गते…

December 24, 2017  
कैदीबन्दीका समस्याबारे कारागारमै अन्तरक्रिया

कैदीबन्दीका समस्याहरू बारे जानकारी लिने उद्धेश्यले जिल्ला कारागार बैतडीका कैदीबन्दीहरूसँग प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका सुरक्षा प्रमुखहरूले पुस ४ गते अन्तरक्रिया गरेका छन् । कारागारमा उनीहरूले भोग्दै आएका समस्याबारे छलफल गर्दै उनीहरूका लागि उद्यमशीलतासम्बन्धी तालिमको ब्यवस्था गर्न उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रजिअ शिद्धराज जोशीले बताए । कैदीबन्दीहरूलाई एक आपसमा मिलेर…

December 19, 2017  
मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट

डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । मङ्सिर २२ गते बिहान ९:३० बजेतिर परशुराम नगरपालिका–१२ कैनपानी भन्ने ठाउँमा बम विष्फोट गराइएको हो । बम विष्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले…

December 8, 2017  
बाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच झडप

कमलबजार नगरपालिका–२ बजुडामा वाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच मङ्सिर १९ गते साँझ झडप भएको छ । झडपमा वडा नं. २ का निवासी ३५ वर्षीय गगनबहादुर खड्का सामान्य घाइते भएका छन् । घाइते खड्का स्थानीय प्राथमिक केन्द्रमा उपचारपछि घर फर्किएका छन् । यसैबीच, मोटरसाइकलमा घर गइरहेका टेकेन्द्र विष्ट र खडक…

December 6, 2017  
नयाँ शक्ति पार्टीका उम्मेदवारको गाडीमा तोडफोड

कैलाली निर्वाचन क्षेत्र नम्बर- ३ (ख) प्रदेश सभाका उम्मेदवार कृष्णकुमार चौधरीले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका बा ११ च ५२८८ नम्बरको गाडीमा मङ्सिर १७ गते राति तोडफोड भएको प्रहरीले जनाएको छ । घोडघोडी नपा-७ का वडा सदस्य नवीन विष्टको नेतृत्वमा रहेको टोलीले गाडीको अगाडि र पछाडिको सिसा फुटाएको र आफूले…

December 4, 2017  
अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा ०७४ मङ्सिर १२ गतेदेखि अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू भएको छ । इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा आयोजित अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठकमा नौ ओटा जिल्लाका सहजकर्ताहरू र प्रलेख अधिकृत तथा क्षेत्रीय कार्यालयका फोकल पर्सनहरूले ६ महिनासम्म गरेको गतिविधि,…

November 29, 2017