बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर-४ का विनोद चौधरीलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको आरोपमा उनलाई गिर्फतार गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३ गते सेती अञ्चल अस्तालमा गरिएको छ ।

February 18, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढिगङ्गा नपा-७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय शुनिल विकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय बाजुरामा फागुन ५ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको पीडित बालिकाका अभिभावकले न्यायको लागी जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बताएका…

February 18, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-४ का ४० वर्षीया लाहु डगौराको हत्या गरेको आरोपमा ४२ वर्षीय पति विरु डगौरालाई फागुन ३ गते इलाका प्रहरी कार्यालय झलारीले गिरफ्तार गरेको छ । फागुन २ गते राति घरायसी विवादमा विरुले दाउरा प्रहार गरी उनकी पत्नी लाहु डगौराको मृत्यु भएको थियो । मृतक लाहुको फागुन ३ गते महाकाली…

February 16, 2018  
प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न निगरानी समूहको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, वेदकोटले प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न माग गर्दै माघ २९ गते जिल्ला कृषि कार्यालयको ध्यानाकर्षण गराएका छन् । मानव अधिकार निगरानी समूह, वेदकोट र इन्सेक कञ्चनपुरको आयोजनामा वेदकोट नपामा सम्पन्न भएको कृषि सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रममा प्रभावकारी रूपमा कृषि सेवाका…

February 13, 2018  
प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा ४० जना घाइते

७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भएको राससले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा माघ ५ गते पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी…

January 19, 2018  
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्न थालेपछि माघ ४ गते प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार…

January 18, 2018  
शिक्षाको अधिकार सुनिश्चताका लागी जिल्ला शिक्षा समितिको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, शुक्लाफाँटाले शिक्षाको अधिकार सुनिश्चताका लागि पुस ३० गते जिल्ला शिक्षा समितिको ध्यानकर्षण गराएको छ । मानव अधिकार निगरानी समूह, शुक्लाफाँटा-५ का उपाध्यक्ष तप्तसिंह ठकुल्लाले शिक्षाको अधिकार सुनिश्चताका लागि पाँच बुँदे माग तथा ध्यानाङ्कर्षण पत्र जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख…

January 14, 2018  
बाजुरा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, कार्यालय सहयोगीले गर्छन एक्सरे

जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मीको अभाव रहेकाले कार्यालय सहयोगीले १५ दिनदेखि बिरामीको एक्सरे गर्ने गरेका छन् । एक्सरे गर्ने कर्मचारी घर बिदामा गएपछि कार्यालय सहयोगीले दिल विष्टले एक्सरे मेशिन सञ्चाल गर्दै आएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रेडियोग्राफर बोलराज आचार्य घर बिदामा गएपछि कार्यालय सहयोगी विष्टले मेशिन चलाउने गरेका हुन्…

January 12, 2018  
सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा पुस २६ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो…

January 10, 2018  
विस्थापितले रकम पाएनन्, रकम फिर्ता

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित परिवारलाई वितरणका लागि गएको असार महिनामा आएको रकम नबाँडेरै फ्रिज भएको छ । ५ सय ८० घरपरिवारका लागि शान्ति मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय अछाममा आएको ५ करोड भन्दा बढी रकम फिर्ता भएको स्थानीय शान्ति समितिका सचिव अनिलकुमार विष्टले बताए । विष्टका अनुसार असारम्म वितरण भइसक्नु पर्ने…

January 10, 2018