तीन स्थानमा बम फेला, सेनाद्वारा निष्कृय

पुनर्वास नपा-४ र पुनर्वास नपा-६ मा असार १३ गते भेटिएका सकेट र प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले जानकारी दिए । यसैगरी कृष्णपुर नपा-२ मा भेटिएको प्रेसर कुकर बमलाई पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयले…

June 27, 2017  
अछामका तीन स्थानमा बम फेला

तुर्माखाँद गाउँपालिकाका दुई स्थानमा र ढकारी गाउँपालिकामा असार १३ गते बाल्टीन बम फेला परेका छन् । तुर्माखाँद गाउँपालिका-५ को नाडा र ढकारी गाउँपालिका-४ मा बिहान भेटिएका बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कर्णबहादुर बमले जानकारी दिए । तुर्माखाँद गाउँपालिका-८ मा भेटिएको बमका बारेमा बुझेर…

June 27, 2017  
आफैँले बोकेको बम विष्फोट हुँदा एकको मृत्यु

धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । बम पड्किएर गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।…

June 27, 2017  
एमाले वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण गर्न गएका काङ्ग्रेस कार्यकर्ता गिरफ्तार

शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । असार १२ गते राति साढे ११ बजे घरेलु हतियारसहित आक्रमणमा गर्न गएका काङ्ग्रेस कार्यकर्ता अर्जुन महर, दत्तु महर, गङ्गाराम महर र गोपालराम महरलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको हो…

June 27, 2017  
मौन अवधि सुरू, प्रचार सामग्री हटाइएन

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चार माध्यमले चुनावी प्रचारप्रसारलगायतका मतदातालाई प्रभावित पार्ने निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने उल्लेख भएपनि दार्चुलामा राजनीतिक दलहरूले प्रचार प्रसारको लागि राखेका व्यानर, प्रचार पम्पलेटलगायत प्रचार सामाग्री अझै हटाइएको छैन । मौन अवधि सुरू भएपछि मतदानस्थलको…

June 26, 2017  
एमाले कार्यकर्ताद्वारा काङ्ग्रेस कार्यकतालाई खुकुरी प्रहार गरेको आरोप

मेल्लेख गाउँपालिका-५ सरानी गाउँमा असार १२ गते बिहान नेपाली काङ्ग्रेसका दुई जना  कार्यकर्तालाई नेकपा (एमाले) का कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ । खुकुरी प्रहारबाट सरानी गाउँ निवासी सहोदर दाजुभाइ युवराज र प्रकाश खड्काको टाउको र हातमा चोट लागेको बताइएको छ । घाइतेको मेल्लेख स्वास्थ्य केन्द्रमा उपचारपाछि थप…

June 26, 2017  
निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको आयोजनामा असार १२ गते निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनुशिक्षण कार्यक्रममा निर्वाचन पर्यवेक्षकले निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कार्य गर्न नहुने र आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ भई पुरा गर्नुपर्ने लगायतका आचारसंहिताका महत्वपूर्ण प्रावधानहरूको बारेमा इन्सेक…

June 26, 2017  
काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेदवारको घरमा ढुङ्गा प्रहार

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित विष्टको घरमा नेपाली काङ्ग्रेसको प्रचार टोलीले असार १० गते राति १० बजेतिर ढुङ्गा प्रहार गरेको हो । ढुङ्गा प्रहारबाट कुनै क्षति नभएको…

June 25, 2017  
बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप

विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्‍याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ ।…

June 24, 2017  
काङ्ग्रेस एमालेबिच भएको झडपमा दुई जना घाइते

बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते भएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रचारमा बुढीगङ्गा नगरपालिका २ र ३ बाट…

June 24, 2017