बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय मीन मिजारलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जेठ २८ गते प्रहरीमा उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला स्वास्थ्य कार्यलय…

June 11, 2018  
कारागारमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई उपचारमा समस्या

जिल्ला कारागार दार्चुलामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । विगत २ वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको उपचारमा समस्या भएको जिल्ला कारागारले जनायो । कारागारका कैदीबन्दीको उपचारको लागि सरकारले सिनियर अहेवको दरबन्दी दिएपनि कर्मचारी नपठाउँदा उपचारमा समस्या हुने गरेको सूचना अधिकारी विजयकुमार ठाकुरले बताए । जिल्ला कारागार…

June 9, 2018  
प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा जेठ २५ गते प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक धनगढीमा सुरू गरिएको छ । बैठक २६ गते सकिनेछ । इएलपी र जीएफ कार्यक्रम अन्तर्गत आयोजित समीक्षा बैठकमा डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीका जिल्ला सहजकर्ता र इन्सेक, धनगढी कार्यालयका इएलपी र जीएफ कार्यक्रमका…

June 9, 2018  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

वर्षीय बृद्धालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय केशव लुहारलाई जिल्ला अदालतले जेठ २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।   न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपितलाई ६ वर्षको कैद सजायको फैसला गर्नुका साथै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ ।   पीडित महिलालाई आरोपितले…

June 7, 2018  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कार्यालयको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा जिल्लास्थित सरोकारवालासँग समन्वय बैठक जेठ २३ गते धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सवालमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताए । उनले जेठ २२ गते…

June 6, 2018  
स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रिया कार्यक्रम जेठ २२ गते धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक धनगढी कार्यालयका संयोजक खडकराज जोशीले नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न बनाउनका लागि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँग जोडिएर सेवा…

June 6, 2018  
सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा जेठ २२ गते आयोजित सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्न शुन्य सहनशिलताको नीति अपनाइने बताए । उनले शिक्षा स्वास्थ्य र…

June 6, 2018  
विप्लव नेतृत्वको पार्टीनिकट विद्यार्थी सङ्गठनद्वारा प्रधानाध्यापकलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको एक समूहले पञ्चदेवल-विनायक नगरपालिका-३ मा रहेको विद्यामन्दिर माविका प्रधानाध्यापक विरबहादुर शाहीलाई विद्यालय समयमा जेठ २२ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयले आफ्ना मागहरू पुरा नगरेको भन्दै बिहान १० बजे प्रधानाध्यापक शाहीकै कार्यकक्षमा गएर अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले मोसो…

June 5, 2018  
सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको गुनासो

सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको एक कार्यक्रमका सहभागिले गुनासो गरेका छन् । जेठ २१ गते डडेल्धुरा सदरमुकाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराले आयोजना गरेको 'डडेल्धुरामा मानव अधिकारको अवस्था तथा सेवाप्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले उक्त गुनासो गरेका हुन् । स्वास्थ्य…

June 5, 2018  
कथित बोक्सी आरोपमा कुटपिट गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई गत फागुन २४ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा भोलेबाबा भनिने रामबहादुर चौधरीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जेठ १७ गते पाँच वर्ष कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश पर्शुराम भट्टराईको इजलासमा घोघोडाघोडी नगरपालिका-५ देउकलियाका २३ वर्षीय रामबहादुर…

June 3, 2018