अपि हिमाल गाउँपालिकामा तिहारमा खाद्यान्न अभाव

दार्चुलाको अपि हिमाल गाउँपालिकामा तिहारको मुखमा खाद्यान्न अभाव भएको छ । यो क्रम तिहारसम्मै लम्बिने पक्कापक्की रहेको बताइएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव हुने भएको हो । दसैँमा समेत चामल नपाएका अपि हिमाल गाउँपालिकाबासीले तिहारमा झनै अभाव…

October 10, 2017  
लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै ज्ञापनपत्र

मेलौली नगरपालिका-९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय क्षेत्रमा तिहारको समयमा लैङ्गिक र जातीय विभेद हुने गरेको भन्दै स्थानीय ६९ जनाको हस्ताक्षरसहित मेलौली नगरपालिका-९ का वडा सदस्य भिमदत्त भट्टले प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएका…

October 10, 2017  
वडाअध्यक्षद्वारा गाउँपालिकामा लगाएको ताला अझै खुलेन

गाउँपालिकाको सदरमुकाम केन्द्र सारिएको विरोधमा दार्चुलाको नौगाड गाउँपालिका गत असोज २ गतेबाट लगाइएको ताला अझै खुलेको छैन । नौगाड गाउँपालिका-६ का वडा अध्यक्ष गोरै धामीको नेतृत्वले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । नौगाड गाउँपालिकाको गाउँसभाको बहुमत निर्णयले गाउँपालिकाको सदरमुकाम केन्द्र सबैको केन्द्र पर्ने होपरीगाड सार्ने निर्णयको विरोधमा तालाबन्दी भएको हो…

October 10, 2017  
शिक्षकको घरमा आगजनी गरेको घटनाका आरोपित गिरफ्तार

शिवनाथ गाँउपालिका-६ कनालीका दलित शिक्षक करन रानाको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । असोज ७ गते (शनिबार) राति रानाको घरमा आगजनी र तोडफोड गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अनुसन्धानमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै…

October 9, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका-३ का १८ वर्षीय रोशन बिकलाई असोज २१ गते गरिफ्तार गरेको र १५ वर्षीय दुई जना बालक फरार रहेको जनाइएको छ । पीडित बालिकालाई आरोपित त्रयले बलत्कार गरेको पीडित पक्षले असोज २० गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको…

October 8, 2017  
चिकत्सकमाथि हातपात भएको विरोधमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द

महाकाली अञ्चल अस्पतालमा असोज २२ गते बिहान ४ बजे मेडिकल अधिकृत डा. सत्य कोइरालामाथि भएको हातपातको विरोधमा नेपाल चिकत्सक सङ्घले विज्ञप्ति जारी गर्दै आजदेखि महाकाली अञ्चल अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवाहरू अनिश्चतकालिन बन्द गरेका छन । भीमदत्त नपा-१ की २४ वर्षीया सरस्वती विष्टलाई असोज २१ गते प्रसुती व्यथा लागेपछि महाकाली…

October 8, 2017  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मानसिक सन्तुलन नभएकी ३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-४ का २६ वर्षीय गजेन्द्र विष्टलाई असोज २० गते गिरफ्तार गरेको छ । भीमदत्त नपा-९ सुकासालमा रहेको झाडीमा महिलालाई जबरजस्ती गर्न खोजिरहेको समयमा स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय महिलाले प्रहरीलाई खबर गरेपछि प्रहरीले आरोपितलाई…

October 7, 2017  
विस्थापित शिक्षकको घरमा अज्ञात व्यक्तिद्वारा तोडफोड र आगजनी

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ । गैरदलित परिवारकी छात्रा दलित केटासँग विवाह गरेपछि विद्यालय व्यवस्थापन समितिले निष्काशन गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा असोज ७ गते बेलुका आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । गैरदलित छात्रालाई…

September 24, 2017  
आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड

बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको बा १ झ ९६९९ नम्बर गाडीमा तोडफोडसमेत गरेका छन् । अनुगमनको नाममा व्यापारीलाई दुःख दिएको आरोप लगाउँदै अनुगमनको विरोधमा उत्रेका व्यवसायीहरूले मन्त्रीको गाडीमा रहेको नेपालको झन्डा च्यात्चुत पार्नुका साथै ढुङ्गामुढाको…

September 24, 2017  
इन्सेक प्रतिनिधिको पहलमा पीडितलाई न्याय दिने सारोकारवालाको प्रतिबद्धता

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक दम्पतिले न्यायका लागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएपछि असोज ६ गते बैतडीका इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी र जिल्ला शिक्षा कार्यालयका प्रमुखलाई भेटी घटनाको बारेमा सत्य तथ्य बुझी पीडितलाई पुनःस्थापित गर्न अनुरोध गरेका छन् । "प्रहरी टोली पठाएर एक पटक…

September 24, 2017