शिक्षा कार्यालय र विद्यालयहरूमा तोडफोड, प्रिन्सिपललाई मोसो दलेर दुर्व्यवहार

विद्यार्थी सङ्गठनले लगाएको ताला ताडेको भन्दै विद्यार्थीहरूले जिल्ला शिक्षा कार्यालय र निजी विद्यालयहरू क्रिसेन्ट सिटी स्कूल, एलायन्स इन्टरनेशनल स्कूल र क्यास्पियन एकेडेमीमा तोडफोड गरेका छन् । तोडफोडका कारण शिक्षा कार्यालयका कम्प्युटर र प्रिन्टरमा क्षति पुगेको जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले बताए । निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको आरोपमा बढाएको…

May 1, 2017  
मजदुरीले पढाइ छुटाउँदै बालबालिका

पिठ्यूँमा भारी बोक्ने बोरा र दाम्लो, खुट्टामा चप्पल लगाएका एक बालक दिनभर भारी खोज्दै खलङ्गा बजारमा भौँतारिएका देखिन्छन् । उनी बिहान बस आउने समयको पखाई कुर्दै बसपार्कमा भेटिन्छन् भने त्यसपछि खलङ्गासँग सीमा जोडिएको भारतीय बजार धारचुलामा आउने ट्रकको पर्खाइ ! पेट पाल्न तथा विद्यालयको लागि पढाइ खर्च जुटाउन दिनभर भौँतारिएका…

May 1, 2017  
विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन गर्न नागरिक समाज कैलालीको आग्रह

निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको विरोधमा ०७४ वैशाख १३ गतेदेखि आन्दोलनरत सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक आमहड्तालको घोषणा गरेपछि नागरिक समाज कैलालीले विद्यालय शान्ति क्षेत्रको आवधारणालाई कार्यान्वयन गर्न आग्रह गर्दै वैशाख १८ गते एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विद्यालय बन्द गर्ने, चर्को शुल्क लिने,…

May 1, 2017  
सीमा नाकाबाट दुई युवतीको उद्धार

पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको वैशाख १६ गते साँझ उद्धार गरेको राससले जनाएको छ । काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नंको बसमा जाँदै गरेका २२ वर्षीया र ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो…

April 30, 2017  
स्थानीय निर्वाचनको मिति सारेपछि स्थानीय लेकतिर जाने तयारीमा

सरकारले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति सारेपछि दार्चुलाका हिमाली क्षेत्रका मतदाता लेकतिर जाने तयारीमा छन् । तोकिएको मितिमा निर्वाचन नहुने भएपछि स्थानीय लेकतिर जाने तयारीमा जुटेका हुन् । दार्चुलाका एक दर्जन भन्दा बढी गाउँ स्थानीयहरूका लागि यो समय यार्सागुम्बा सङ्कलनको समय हो । उनीहरू यार्सागुम्बा सङ्कलनको…

April 27, 2017  
सरकारले चुनाव सारेपछि मतदाता निराश

दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनको मिति एक महिनापछि सारेपछि मतदान गर्न पाउने भन्दै खुसी भएका यहाँका मतदाता निराश भएका छन् । सरकारले वैशाख ३१ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि मजदुरी गर्न भारत गएका मतदाताहरू घर आउने क्रम बढेको थियो । 'निर्वाचनकै लागि…

April 26, 2017  
बाढी पीडित किसानहरूले क्षतिपूर्ति पाएनन्

गत असारमा बाढी पहिरोका कारण धान, गहुँ मकैमा क्षति भएपछि पीडित भएका १७ गाविसका किसानहरूले हालसम्म राज्यबाट राहत रकम पाएका छैनन् । बाढी पहिरोका कारण खरकडा, दत्तु, शङ्करपुर, मालिकार्जुन, भगवती, ग्वानी, लाली, डाँडाकोट, उकु, हुनैनाथ, सर्मौली, गोकुलेश्वर, देथला, रिठाचौपाता, शिखर र बोहरीगाउँमा धान गहुँ मकैमा क्षति पुगेको कृषि विकास कार्यालयले…

April 26, 2017  
मतदान केन्द्र टाढा हुँदा दुई वटा गाँउका मतदातालाई समस्या

हिमाली गाउँपालिका-३ गुम्बाका स्थानीयवासीहरूले विगतदेखि नै भोट दिनबाट समस्या भोग्दै आएका छन् । सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका-३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन हिँड्नु पर्ने स्थानीयले गुनासो गरेका छन् । साविक विच्छाया गाविसका लाम्पाटा र गुम्बा गाउँमा २६ घरपरिवार बसोबास गर्दै आएका…

April 26, 2017  
बलात्कारको उजुरी दर्ता गर्न ढिलाइ भएको भन्दै पहलका लागि इन्सेकसँग सहयोग माग  

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मालिकार्जुन गाउँपालिका-३ का ३७ वर्षीय गम्भीरसिंह धामीविरुद्ध दिइएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै सहयोगका लागि पीडित पक्षले इन्सेकको सहयोग मागेको छ । पीडितका आफन्तले वैशाख ७ गते भएको उक्त घटनाको उजुरी अहिलेसम्म पनि दर्ता नगरेको भन्दै वैशाख ११ गते इन्सेक प्रतिनिधिलाई सहयोगको लागि…

April 24, 2017  
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा दलहरू प्रतिबद्ध

डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समितिको पहलमा वैशाख १० गते राजनीतिक दलका नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहको निर्वाचनमा बालबालिकाहरू प्रयोग नगर्न राजनितिक दलहरूलाई आग्रह गरिएपछि दलहरूका तर्फबाट बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता…

April 23, 2017